बागलुङ । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन अन्तर्गत बागलुङ क्षेत्र नं. २ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, दुई प्रदेश सभा क्षेत्रीय अधिवेशन र ६ वटै पालिकाको अधिवेशन एकै दिन बुर्तिबाङमा सम्पन्न भएको छ ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमिति, दुवै प्रदेश सभा क्षेत्रीय कार्यसमिति तथा ६ वटै पालिकाका कार्यसमिति चयन गरिएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस बागलुङका सभापति जीबहादुर शेरचनले काठमाडौँमा एउटा महाधिवेशन सम्पन्न भएर मतगणना जारी रहँदा बागलुङमा अर्को महाधिवेशन सञ्चालन भइरहेको उनले विचारका हिसाबले कांग्रेसमा भिन्नता नरहेको उल्लेख गर्दै पार्टी बीपी कोइरालाको विचार र सिद्धान्तअनुसार सञ्चालन भइरहेको बताए । एउटै पार्टीका दुईवटा महाधिवेशन सञ्चालन हुनु कांग्रेसका लागि दुर्भाग्यपूर्ण अवस्था भएको उनको भनाइ थियो।
“दुईवटा महाधिवेशन भए पनि कालान्तरमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्छ । पार्टी एकतालाई कायम राख्नकै लागि नियमित महाधिवेशन आयोजना गरिएको हो,” शेरचनले भने ।
सभापति शेरचनले विशेष महाधिवेशनका कारण कांग्रेस फरक–फरक समूहमा विभाजित भएर महाधिवेशन गर्नुपर्ने अवस्थामा पुगेको बताए । उनले पार्टीभित्र देखिएका मतभेदलाई अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।
अधिवेशनबाट को को भए महाधिवेशन प्रतिनिधि ?
अधिवेशनबाट क्षेत्र नं. २ को क्षेत्रीय सभापतीमा धनबहादुर कायत कल्याण सर्वसम्मत चयन भएका छन । कयात ढोरपाटन नगरपालिकाका कार्यबाहक नगरप्रमुख समेत हुन । उनि १४औं महाधिवेशनमा ढोरपाटन नगरपालिकाको सभापतीमा निर्वाचित भएका थिए । क्षेत्रीय समितिको सचिवमा भागी बहादुर घर्ति, र खिमबहादर छन्त्याल रहेका छन भने सहसचिवमा तिलक कुँवर र दिपक बुढा मगर रहेका छन ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु पनि सर्वसम्मत चयन भएका छन । महाधिवेशन प्रतिनिधिमा महिला तर्फ लिलमायाँ पुन, सम्झना थापा, मायाँ क्षेत्री बस्नेत, हितदेवी घर्ति मगर चयन भएका छन । खुल्ला तर्फ सिंहबहादुर राना, जितबहादुर शेरचन, सागर छन्त्याल, उमेश गौतम, हिराबहादुर घर्ति मगर, वानबहादुर छन्त्याल, सुर्य बहादुर घर्ति , शैलेस घर्ति मगर, नविन शेरचन, धर्मबहादुर घर्ति मगर चयन भएका छन । समावेशी तर्फ रमिता रोका शेरबुजा, अन्जु वि.क. प्रविन बुढा मगर, धनराम पुरी, भविन्द्र शेरचन, कोकबहादुर रसाइली, होम बहादुर सिंजाली हिरामान कामी, खुमबहादुर अदै र जिवन भट्टचन रहेका छन । त्यसैगरी १८ वर्ष देखी २८ वर्ष सममको नवयुवामा शान्ति घर्ति मगर र कोशिष घर्ति क्षेत्री रहेका छन भने ४० वर्ष मुनिका युवामा विमला महत र धिरेन्द्र घर्ति मगर रहेका छन । त्यसैगरी अपांगतामा सरोज घर्ति मगर र प्रजातन्त्र सेनाीनमा रामप्रसाद रोका, द्धन्द पिडितमा पूर्णसिंह घर्ति क्षेत्र, श्रमिकमा ढालिन्द्र प्रसाद गौतम विज्ञमा मेषलाल शर्मा र अन्य खुल्लामा तेजिन्द्र विक्रम कुँवर इन्द्रबहादुर मल्ल रहेका छन । अधिवेशनबाट महासमिति सदस्य समेत छनौट भएका छन । जसमा हितदेवी घर्ति मगर, विमला महत, जितबहादुर शेरचन, सागर छन्त्याल, सिंहबहादुर राना, उमेश गौतम र सुर्य बहादुर घर्ति रहेका छन । त्यसैगरी समावेशी तर्फ रमिता रोका शेरबुजा, मेषलाल शर्मा, जिवन भट्टचन शैलेश घर्ति मगर रहेका छन भने १८ देखी २८ वर्ष उमेर समुहमा कोशिष घर्ति क्षेत्र, र ४० वर्ष मुनिकोमा धिरेन्द्र घर्ति मगर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य उमेश गौतम जानकारी दिए ।
अधिवेशनबाट प्रदेश सभा (क) को क्षेत्रीय सभापतीमा बसन्त बहाुदुर क्षेत्री, सचिवमा बलबहादुर राना सर्वसम्मत निर्वाचित भएका छन । प्रदेश (ख) को क्षेत्रीय सभापतीमा चन्द्रसिंह रामजाली, उपसभापतीमा हिरामान कामी, टेकबहादु पुन, सचिवमा उषा घर्ति मगर, तेजबहादुर मल्ल, सहसचिवमा विपिन थापा, दिलबहादुर शेरबुर्जा चयन भएका छन । क्षेत्री कार्यसमिति र प्रदेश (क) क्षेत्रीय कार्यसमितिमा अधिकाशं पदाधिकारी र सदस्यमा भने उम्मेदवारी परेको देखिँदैन ।
अधिवेशनबाट निसीखोला गाउँपालिकाको सभापतीमा हेमबहादुर बुढा, तमानखोला गाउँपालिका सभापतीमा थपप्रकाश छन्त्याल, ढोरपाटन नगरपालिकाको सभापतीमा सरण पाण्डे, ताराखोला गाउँपालिकाको सभापतीमा हिरा भट्ट कंडेल, गलकोट नगरपालिकाको सभापतीमा मुकुन्द सिंह भण्डारी र बडिगाड गाउँपालिकाको सभापतीमा हरिलाल खरेल सर्वसम्मत निर्वाचत भएको गौतमले जानकारी दिए ।
नेपाली काँग्रेसको संस्थापन पक्षले १५ औं महाविधेशन सम्पन्न गरेको छ भने संस्थापन इतर शेरबहादुर देउवा र शशांक कोइराला पक्षधरले असोज १५ गते देखी वडा तहको अधिवेशन सम्पन्न गर्दै हाल पालिका प्रदेश र क्षेत्रीय अधिवेशन सम्पन्न गरिरहेको छ । इतरपक्षले आगामी मंसिर २१, २२ र २३ गते १५औं महाधिवेशनको मिति तय गरेको छ ।