☰

एनपीएलमा आज दुई खेल: चितवनसँग विराटनगर, जनकपुर र कर्णाली

  • कार्तिक ११, २०८३

काठमाडौँ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई वटा प्रतिस्पर्धात्मक खेलहरू हुँदै छन्।
आजको पहिलो खेलमा मध्याह्न १२ बजे कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज र सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्।

यस्तै साँझ ५ बजे हुने दोस्रो खेलमा हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स र सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

कात्तिक ९ गतेदेखि सुरु भएको र कुल आठ टोली सहभागी यस प्रतियोगिताको पहिलो दिन हिजो भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। एनपीएलको फाइनल भिडन्त आगामी मङ्सिर ५ गते हुनेछ।

प्रतिक्रिया