बागलुङ– नेपाली काँग्रेसको संस्थापन इतरपक्ष अर्थात शेरबहादुर देउवापक्षले छुट्टै महाधिवेशनको आयोजना गरेसँगै बागलुङका क्षेत्र नं. १ मा पनि प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र र पालिकाको अधिवेशन एकै दिन सम्पन्न भएको छ । काँग्रेस संस्थापन पक्षले वडा तहदेखी पालिका क्षेत्रीय अधिवेशन हुँदै १५औं केन्द्रीय महाधिवेशन सम्पन्न गर्दा इतरपक्षले भने पालिका तहको अधिवेशनलाई पनि क्षेत्रीय अधिवेशनमा एकै दिन जोडेको छ । शनिबार बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय समिति, प्रदेश समिति र चारवटा पालिकाको अधिवेशन एकै पटक गरिएको छ ।
अधिवेशनबाट केशरबहादुर थापा केशवको सभापतीत्वमा क्षेत्रीय कार्यसमिति चयन गरिएको छ । अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु समेत चयन गरिएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला महिला तर्फ, लक्षुमाया पुन, खगेश्वरी शर्मा, ज्योति के.सी. विष्ट, मधु अम्माई चयन भएका छन । केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेकी विष्ट काँग्रेस संस्थापन पक्षले आह्रवान गरेको १५औं महाधिवेशन अन्तरगत पनि यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी दिएकी थिईन । पछि निर्वाचत हुने भए पछि उम्मेदवारी फिर्ता गरेकी थिईन अहिले पुन देउवा पक्षको अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएकी छन ।
खुल्ला तर्फ मणिभद्र शर्मा कंडेल, ज्ञानेन्द्र गौतम, पदम के.सी., लक्ष्मण आचार्य, हरि बहादुर जि.सी. सहदेव राजभण्डारी सञ्जय पौड्याल, मुक्तिराम सापकोटा, शिव प्रसाद आचार्य, श्री कृष्ण पौडेल चयन भएको निर्वाचत अधिकृत अखिलनाथ शर्माले जानकारी दिए । यस अघिको संस्थापन पक्षको अधिवेशनमा हरिबहादुर जि.सी केन्द्रीय महाधिवेश प्रतिनिधिमा र शिव आचार्य प्रदेश महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । उनिहरु पनि पछि आफ्नो उम्मेदवारी फिर्ता गराएका थिए ।
महाधिवेशन प्रतिनिधिमा समावेशी तर्फ सुमन भुषाल, मिन बहादुर के.सी. एन पि कंडेल, दिपा गौतम पौडेल, याम बहादुर थापा, डेनिश श्रीष, ईन्द्रा थापा, चिन्तामणि दर्जी, कोपिला बोहोरा, करिम दिन मिया चयन भएका छन । ४० वर्ष मुनिका युवा, विशेष पराजुली र अरुणा शर्मा रहेका छन भने अपांगता भएकोमा होमनाथ शर्मा चयन भएका छन । प्रजातन्त्र सेनानि, द्वन्द पिडित, सहिद परिवार, नर बहादुर किसान चयन भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । त्यस्तै राजन चापागाँई, शिव प्रसाद कंडेल, कर्ण हमाल किरण रायमाझी, राजकुमार शर्मा पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन भने १८–२८ वर्ष सम्मको नव युवामा सुन्दर अचार्य र सुरक्षा खड्का चयन भएका छन । सुन्दर आचार्य संस्थापन पक्षको वडा तहको अधिवेशनमा सहभागी भएर क्षेत्रीय प्रतिनिधि बनेका थिए । पछि पुन इतर पक्षको अधिवेशनमा सहभागी रहेका छन ।
अधिवेशनबाट प्रदेश सभा (क) र (ख) दुवै क्षेत्रको सभापती मात्र चयन गरिएको छ भने अन्य कार्यसमिति पुरा गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । प्रदेश (क) को सभापतीमा ओमबहादुर थापा र प्रदेश सभा (ख) को सभापतीमा ठगबहादुर क्षेत्री थापा चयन भएका छन । यि दुवै प्रदेशको तर्फबाट प्रदेश महाधिवेशन प्रतिनिधिको पनि टुगो नलागेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट बागलुङ नगरपालिकाको नगरसभापतीमा युवराज राजभण्डारी, जैमिनी नगरपालिका सभापतीमा बैकुण्ड आचार्य, काठेखोला गाउँपालिकाको सभापतीमा प्रेम थापा र बरेङ गाउँपालिकाको सभापतीमा पुर्णप्रसाद न्यौपाने सर्वसम्मत सभापतीमा चयन भएका छन । निर्वाचत समितिका अनुसार अन्य पदाधिकारी र सदस्य पनि चयन हुन बाँकी रहेको छ ।