बागलुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले गाँजालाई बैधानिक बनाउने निवमावली बनाएर प्रदेश सरकारको संसदमा पेश गर्ने तयारी रहेको बताएका छन । मंगलवार बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा आयोजना गरिएको तेस्रो वडा नागरिक भेलालाई सम्बोधन गर्दै पाण्डेले बागलुङ गाँजा खेतिको उर्भर भूमि रहेको र प्रदेश सरकारले गाँजालाई बैधानिक बनाउन निवमावलीको काम अगाडी बढाएको बताए । स्थानीय मदिरालाई वैद्यानिकता दिने तयारी प्रदेश सरकारको रहेको भन्दै गाउँलाई उत्पादनमा जोडेर स्वरोजगारको योजना रहेको पाण्डेको भनाई छ ।
पाण्डेले गण्डकी सरकारले नागरिकका आधारभूत आवश्यकता पुरा गर्न सदैव लागिरहेको बताए । पाण्डेले सडक, पक्की पुल, घर–घरमा धारा, उज्यालो गण्डकी जस्ता धेरै राम्रा काम गरेपनि जनतालाई बुझाउन नसकिएको बताए । प्रदेशले थुप्रै राम्रा काम गरेपनि जनतामा प्रचार नभएको उनको भनाई थियो । “संघीय सरकारको नजरमा नपरेका बागलुङकै कयौ सडक कालोपत्र भए, काठेखोलामै तीन वटा पक्की पुल प्रदेश सरकारले बनायो, अहिले घर–घरमा खानेपानीको धारा पु¥याइएको छ” मुख्यमन्त्री पाण्डेले भने “प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ, लेखानी जस्तो गाउँमा फिजियोथेरापी स्थापना भयो तर जनतालाई विकास बुझाउन सकिएन त्यसैले प्रदेशको आलोचना बढ्यो, विकासका कामले जनतालाई सेवा दिइरहेका छौं ।” मुख्यमन्त्री पाण्डेले काठेखोला गाउँपालिका–८ लेखानीमा रहेको लेखानी स्वास्थ्यचौकीमा स्थापना गरिएको फिजियोथेरापी सेवाको उद्घाटन गरेका थिए ।
उनले गण्डकी प्रदेशले सिमित स्रोतबाट आधारभूत आवश्यकता पुरा गरिरहेको जानकारी दिए । आर्थिक स्रोतको अभावा जनताको माग अनुसार काम नभएको भएपनि प्रदेश सरकार नागरिकको आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेको पाण्डेको भनाई थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य चम्पा खड्काले प्रदेश सरकारले जनतालाई स्वास्थ्य शिक्षा तथा पूर्वधारमा लगानी गरेको र यसले जनतालाई सहजता बनाएको बताईन उनले अब बन्ने प्रदेशको नीति तथा कार्यक्रममा बागलुङलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउन मुख्यमन्त्री पोण्डेलाई आग्रह गरेकी थिईन । कार्यक्रममा गण्डकी प्रदेशपूर्व मन्त्री मणिभद्र शर्मा कँडेल,जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा, काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा लगाएतले मन्तव्य राखेका थिए। सोही अवसरमा वडाले दुई जना समाजसेवीलाई सम्मान गरेको छ ।
स्थानीय खड्क बहादुर काउचा पुन र मन बहादुर थापालाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो । खड्क बहादुरले शिक्षा क्षेत्रको भौतिक पूर्वधार निमार्णमा सहयोग पु¥याएको र मन बहादुरले स्वास्थय क्षेत्रमा सेवा गरेको भन्दै सम्मान गरेको हो ।
भेलामा वडा अध्यक्ष परमानन्द कँडेलले वडाको आर्थिक वर्ष २०८२÷८३ को कार्य प्रगतीको प्रतिवेन समेत प्रस्तुत गर्नुभएको थियो । वडा अध्यक्ष कँडेलको अध्यक्षता कार्यपालिका सदस्य पुर्णमाया बि.कको स्वागत र वडा सदस्य मोम बहादुर पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।