☰

जैमिनी सुकुम्बासी समस्या मुक्त पालिका घोषणा

  • मङ्सिर ३, २०८३

बागलुङ । जिल्लाको जैमिनी नगरपालिका सकुम्बासी मुक्ता नगरपालिकाको रुपमा घोषणा भएको छ । नगरपालिकाले गत वर्ष नै १८ घर परिवार सुकुम्बासीलाई जग्गा खरिद गरि घर बनाएर लालपूर्जा प्रदान गरेसँगै नगरपालिकालाई सकुम्बासी समस्या मुक्ता पालिका घोषणा गरिएको हो । भूमि समस्या समाधान समितिले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी मुक्त जैमिनी नगरपालिका घोषणा गरेको हो ।

समितिले सार्वजानिक गरेको सुचना अनुसार जैमिनी नगरपालिका देशकै पाँच पालिकामा पर्न सफल भएको छ । समितिले जैमिनी नगरपालिका सहित देशभरका पाँच पालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी मुक्त घोषणा गरेको हो ।

जैमिनी नगरपालिकाले १८ परिवारलाई घडेरी खरिदसहित घर बनाउन तीन लाख रुपियाँका दरले उपलब्ध गराएको थियो । १८ सुकुम्बासीले लालपूर्जासहितको घर पाएकाले सुकुम्बासी समस्या नरहेको पठाएपछि देशभरमै पाँच पालिकामा जैमिनी नगर परेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।  शर्माले पालिका घोषणाका लागि सुकुम्बासीलाई स्थानीय स्तरमै घडेरी र घर बनाउन ५४ लाख रुपियाँ खर्च गरेको जानकारी दिए । 

समस्या मुक्त हुनेमा देशभरका पालिकाहरूमध्ये बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेको भूमि समस्या समाधान समितिले जनाएको छ ।

देशभर भूमिसम्बन्धी समस्या समाधानको कामलाई थप तीव्रता दिएसँगै समस्या मुक्त पालिका घोषणा गर्ने कार्यक्रमले पनि तिव्रता पाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय