बागलुङ- नेपाली कांग्रेस बागलुङले पार्टीका सभापति गगनकुमार थापालाई लक्षित गरी भ्रामक तथा कपोलकल्पित सामग्री सम्प्रेषण गर्ने अनधिकृत गतिविधिप्रति निन्दा गरेको छ । पार्टी जिल्ला कार्यसमितिको आईतबार बसेको बैठकले यस्ता गतिविधिका सम्बन्धमा निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने माग गर्दै अनुसन्धानका क्रममा कांग्रेस खुला रहने बताएको छ । बैठकको निर्णयणबाट कुनै पनि दुष्प्रचारबाट प्रभावित नभई सम्पूर्ण पार्टीपंक्ति र आम नागरिकमा पर्न सक्ने भ्रम तथा द्विविधा अन्त्य गर्न पहल गर्ने निर्णय गरेको कांग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए ।
पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरुको उपस्थितीमा कार्यबहाक सभापती तारानाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले १५औँ महाधिवेशन अन्तर्गत वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रीय तहका अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पु¥याउने निर्वाचन समितिका सबैमा धन्यबाद ज्ञापन गरेको छ ।
हालै केन्द्रीय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू चम्पादेवी खड्का, जगदीशचन्द्र उपाध्याय, भीमबहादुर श्रीस, अर्जुन शेरचन, रेनुका काउचा र सागर परियारलाई बधाई तथा ज्ञापन गरेको सचिव शर्माले जानकारी दिए ।
बैठकले पार्टीका क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका तथा वडा समितिमा विधानको व्यवस्था अनुसार पूर्णता दिई कार्यसम्पादन गर्न र पार्टीका सबै तहलाई समुदायमा सामाजिक कार्य सञ्चालन गर्न निर्देशन दिने निर्णयसमेत गरेको सचिव गण्डकी थापा अधिकारीले बताईन । जिल्ला कार्यसमितिको निर्णयले संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने, पार्टीको गतिविधिलाई समुदायस्तरसम्म विस्तार गर्ने र समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा स्पष्ट पार्ने प्रयास गरेको अधिकारीले बताईन ।
बैठकमा केन्द्रीय सदस्य चम्पादेवी खड्का, जगदिशचन्द्र उपाध्याय, भिम श्रीस र सागर परियारले पछिल्लो दिनमा कांग्रेस सभापति लक्षित गरी फैलालिएको भ्रामक समाचारको कोही कार्यकर्ताले विश्वास गर्न नहुने बताए । उनिहरुले पार्टीको केन्द्रीय निति अनुसार अब हरेक कार्यकर्ताको घरघरमा पुगेर कांग्रेसले गरेका गतिविधिको बारेमा जानकारी गराइ संगठनलाई अझै मजबुत बनाउने बताए । उनिहरुले अहिले केही असन्टुष्ट पक्षले पाटीमा समानान्तर गतिविधि संचालन गरेता पनि पछि सवै एक हुने बताएका छन ।