बागलु्ङ - चर्चित सर्जक तथा गितकार नवराज पन्त र बसन्त थापाले चर्चित गायिका विष्णु माझीसँगको सहकार्यमा फुल प्याउलीको भाका न्याउलीको लोक दोहोरी गित सार्वजनिक गरेका छन । मौसम हिमालीको निर्देशन रहेको उक्त गितमा गायक बसन्त थापा र गायिका विष्णु माझीको स्वर रहेको छ ।
डाँडै फुर्केसल्ला, मयाँलुको शहरमा, रुमाल हल्लाइ हल्लाई, रैया चाँदीका जस्ता चर्चित गितका सर्जक पन्तले यस पटक फरक शैलीको गित फुल प्याउलीकोलाई सार्वजनिक गरेका छन । गितको संगित गायक बसन्तले नै गरेका छन भने यसको एरेन्ज श्यामस्वत रसाइलीले गरेका हुन ।
एसएस सिरियस अफिसियल युवट्युवबाट सार्जजनिक भएको गितको निर्मात्ँ अर्जुन बोहोरा रहेका छन । गितमा प्रदिप लामा र जुनु विश्वकर्माको अभिनय रहेको छ । गित शुक्रबार युवट्युब च्यानलमा सार्वजनिक भएको छ ।