बागलुङ- बागलुङ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठले अग्रता फराकिलो पार्दै लगेका छन् ।बागलुङ श्रेष्ठले १० हजार ३ सय ८ मत प्राप्त गरेका छन् भने एमालेका जनक पौडेलले ५ हजार ४८५ मत प्राप्त गरेका छन् ।
श्रेष्ठले ४ हजार ८२३ मतले अग्रता लिएका छन् । मंगलबार विहान ९ बजे सम्म श्रेष्ठले उक्त मत प्राप्त गरेका हुन् । बागलुङ नगरपालिका वडा नं १ २ ३ ४ १० ११ १२ १३ र १४ को मतगणना सम्पन्न भएको छ भने वडा नम्बर ५ को गणना जारी रहेको छ । हाल सम्म वडा तहमा पनि बानपा १२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार र अन्यमा गठबन्धनकै विजयी भएका छन । यसै गरी उपमेयरमा माओवादी केन्द्रका राजु खड्काले ८ हजार ९ सय ४५ र राप्रपाका संजय खड्काले ४ हजार ९१३ मत प्राप्त गरेका छन् ।खड्काले ४ हजार ४२ मतले अग्रता लिएका छन् । बागलुङ नगरपालिकामा अझै वडा नम्बर ५ ६ ७ ८ र ९ को मतगणना बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।