पुर्णखोपको दिगोपनमा चुनौती

  • माघ ५, २०७९

नारायण रिजाल- बागलुङ । बागलुङ जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको पनि झण्डै साढे चार वर्ष पुग्यो । विषेश  त बच्चा जन्मिएपछि २३ महिना भित्र प्राप्त गर्ने खोपको मात्रा पाए पछि यसलाई पुर्ण खोपको रुपमा मानिन्छ । सवै स्थानिय तहले सवै बालबालिकाले पुर्ण खोप प्राप्त गरेको सुनिश्चित पश्चात २०७५ असारमा जिल्लालाई नै पुर्ण खोप सुनिश्चित जिल्लाको रुपमा घोषणा गरिएको थियो । पुर्ण खोप सुनिश्चित गरेपनि यसको कार्यान्वयन र दिगोपनमा भने चुनौती देखिएको प्रति बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिले चिन्ता व्यक्त गरे । 
    स्वास्थ्य कार्यालयले जिल्लाको ढोरपाटन नगरपालिकामा आयोजना गरेको पुर्णखोपको समिक्षा र दिगोपना तथा सरसफाई प्रर्वद्धन सम्बन्धी अभिमुखिकरण र योजना तर्जुमा कार्यक्रममा बालबालिका कसरी खोपको दायारामा ल्याउन सकिन्छ भन्ने विषयमा विशेष छलफल भएको थियो । कार्यक्रममा सहभागि जिल्लाका १० वटै स्थानिय तहका प्रमुख उपप्रमुखले स्वास्थ्य क्षेत्रमा विषेश त आमा र बच्चाको स्वास्थ्य प्रति स्थानिय तह अलि गम्भिर बन्नुपर्ने बताएका थिए । 
    स्थानिय तह स्वास्थ्य क्षेत्रमा अलि संवेदनशिल बन्नुपर्ने देखिएको छ गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले भने,–‘पुर्ण खोप सुनिश्चितका कार्यक्रम घोषणा गर्ने अभियान मात्र नभएर यसको कार्यान्वय र दिगोपन के छ त्यसको खोजी गर्न सकेका छैनौ । भन्दा पुर्ण खोप भन्ने तर बालबालिका छुटेको पाईयो यसलाई नियमिति अनुगमनको खाँचो भयो । अनुगमन र दिगोपनका लागि संघिय सरकारका ससर्तमा कार्यक्रम छन । यसलाई हामी सहज ढंगले कार्यान्वयन गर्न नसक्नु नै हाम्रा लागि चुनौती हो ।’ उनले बालबालिकाको खोप मात्र नभएर स्वास्थ्यका अन्य कार्यक्रम प्रति पनि स्थानिय सरकारको महत्वपुर्ण भुमिका रहने हुँदा स्वास्थ्यकर्मी र जनप्रतिनिधि दुवै जिम्मेवारी बन्नुपर्ने बताए । 
स्वस्थ जनशक्ति निर्माणमा खोपको निकै महत्व हुने हुँदा बालबालिकाको पुर्ण खोप पाउने अधिकार सुनिश्चित गर्न स्थानिय तहहरुले थप योजना अगाडी बढाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक अमरबहादुर थापाले बताए । उनले स्थानिय तहहरुले पुर्णखोप दिगोपनका लागि नितिगत रुपमानैं कार्यक्रमलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । 
स्थानिय सरकारले स्वास्थ्यलाई आधारभुत प्राथमिकतामा राख्न नसकेकै कारण अझै पनि हाम्रा बालबालिकाहरु खोपबाट बञ्चित रहेको स्वास्थ्य सेवा विभाग खोप महाशाखाका खोप अधिकृत भरत भण्डारी बताउँछन । उनले संघियता पश्चात संविधान स्वास्थ्यलाई आधारभुत सेवामा राखेर स्थानिय तहलाई एकल अधिकार दिएता पनि स्थानिय तहले स्वास्थ्य शिक्षा भन्दा पुर्वाधार निर्माणमा नै बढि जोड दिएको बताए । भण्डारीले नेपाल सरकारले स्वास्थ्यमा विषेश त बालस्वास्थ्य र मातृ सेवा सँगै ३२/३३ वटा सेवालाई प्राथमिकतामा राखे पनि स्थानिय सरकारले यसलाई अबलम्बन गर्न नसकेको गुनासो गरे । ‘सरकार मातृ र बाल स्वास्थ्यलाई बढि नै प्राथमिकतामा राखेको छ । अझै हाम्रा बालबालिका पुर्ण खोप पाउनबाट बञ्चित भएको देखिन्छन खोप अधिकृत भण्डारीले भने,–‘स्थानिय सरकारले यसलाई आधारभुत प्राथमिकतामा अझै राख्न सकेका छैनन जसले गर्दा स्वास्थ्यका हरेक सूचकहरु खस्कदै गएका छन । जहिले सम्म हरेक स्थानिय तहले स्वास्थ्यलाई प्राथमिकतमा राख्न सक्दैन तब सम्म हरेक कार्यक्रमको दिगोपनामा चुनौती रहन्छ ।’

तिन प्रतिशत बालबालिका खोपको पहुँच बाट छुट्छन
जिल्लामा झण्डै ३ प्रतिशत बालबालिका अझै खोपको पहुँचबाट छुट्ने गरेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । ९० प्रतिशत खोपको कभरेज रहेकोमा हाल ८८ प्रतिशत बालबालिका पुर्ण खोप पाएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिए । खत्रीका अनुसार जिल्लाका ढोरपाटन नगरपालिकामा १९ प्रतिशत बालबालिका खोपको कभरेजबाट छुट्ने गरेका छन । ढोरपाटनको माथिल्लो क्षेत्रको भौगोलिक विकटना र खोप प्रतिको चासो कम हुँदा बालबालिका छुट्न गएको खत्रीले बताए । यहाँको ८९ प्रतिशत मात्र बालबालिकाले खोपको पहुँमा रहेको छन । जिल्लामा अघिल्लो आर्थिक वर्षमा विभिन्न कारणले १९ जना नवशिशुको मृत्यु भएको तथ्याङ्क रहेको छय । कार्यक्रममा सहभागि सवै स्थानिय तहका प्रमुख तथा प्रतिनिधिले आगामी दिनमा स्वास्थ्यका हरेक कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन । 
जिल्लामा स्वास्थ्यका सूचकहरुको जानकारी र कार्यक्रमको उद्देश्य बारे स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण स्वास्थ्य सेवा विभागका खोप महाशाखाका खोप अधिकृत भरत भण्डारीले गरेका थिए । 
कार्यक्रम जिल्ला समन्वय समितिका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षता स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया