अन्तर्राष्ट्रिय बागलुङ समाज कप भलिबलको उद्घाटन

  • असोज ३१, २०८२

बागलुङ - अन्तर्राष्ट्रिय बागलुङ समाजले आयोजना गरेको अन्तर्राष्ट्रिय बागलुङ समाज कप—२०८२ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार लिग चरणका ५ खेल सम्पन्न भएसंगै शुक्रबारदेखि नक आउट चरणको खेल सुरु हुनेछ । बिहीबार भएको पहिलो खेलमा बरेङ गाउँपालिकाले बागलुङ नगरपालिकालाई पराजित गरेको छ ।
 बरेङले ३—२ सेटमा बागलुङ नगरपालिकालाई पराजित गरेको हो । बरेङ गाउँपालिकाले पहिलो सेट २५—२० ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट २६—२४ मा बागलुङ नगरपालिकाले जित्दा तेस्रो सेट ३०—२८ ले बरेङ गाउँपालिकाको पोल्टामा पुग्यो । चौथो सेटमा २७—२५ ले जितेको बागलुङ नगरपालिका अन्ति तथा पाँचौं सेटमा भने १६—१४ ले पराजित हुनु पुग्यो । दोस्रो खेलमा निसीखोला गाउँपालिका विजयी भएको छ । निसीखोलाले ताराखोला गाउँपालिकालाई पराजित गरेको हो ।
 पहिलो सेट २५—२१ ले जितेको निसीखोलाले दोस्रो सेट २५—२२ ले गुमाउन पुग्यो । तेस्रो सेट २५—१८ ले जित्दै खेलमा फर्किको निसीले चौथो सेट २५—१६ ले जित्दै खेल आफ्नो पक्षमा पा¥यो । बिहीबारै भएको तेस्रो खेलमा गलकोट नगरपालिकाले सोझो सेटमा जैमिनी नगरपालिकाई पराजित गरेको छ । गलकोटले पहिलो सेट २५—१९, दोस्रो सेट २५—२३ र तेस्रो सेट २५—१४ ले जित्यो । चौथो खेलमा ढोरपाटन नगरपालिकालाई पराजित गर्दै काठेखोला गाउँपालिकाले अर्को चरणको यात्रा तय गरेको छ । पहिलो सेट २५—२० ले गुमाएको काठेखोलाले उत्कृष्ट पुनरागमन गर्दै ३—१ सेटले खेल जितेको हो । दोसैो सेट २५—११, तेस्रो सेट २५—२० र चौथो सेट २५—२२ ले काठेखोलाले आफ्नो पक्षमा पारेको हो । 
अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजनामा जिल्लामा सर्वाधिक पुरस्कार राशीको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको विहिबार उद्घाटन गरिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित दावगरा बसपार्कमा आयोजना गरिएको प्रतियोगिताको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले उद्घाटन गरेका छन । 
उद्घाटन पश्चात बोल्दै थापाले समाजले आफ्नो जन्मभुमी प्रतिको दायित्व बोध गर्दे गरेको खेलकुदका कार्यक्रमले यहाँका युवालाई आर्कषण गरेको बताए । उनले विदेशमा रहेर पनि नेपाली खेलकुद क्षेत्रलाई गरेको माया प्रति समाजलाई धन्यबाद प्रकट गरे । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले समाजले जिल्लाबासीको सुःख दुःखमा काम लाग्ने मलम भएको बताए । उनले आफु जन्मेको माटो र आफु हिड्ने बाटोलई निरन्तर सम्झिरहन आग्रह समेत गरे । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले भलिबल खेलले भित्रताको भावना प्रदा गनेबताए । 

May be an image of one or more people, people playing football and text
कार्यक्रम अन्तराष्ट्रिय बागलुङ समाजका सचिव तथा प्रतियोगिता संयोजक राजु थापाको अध्यक्षता, जिल्ला भलिबल संघका अध्यक्ष योगेश भण्डारीको स्वागत तथा भव बहादुर कुँवर क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । खेलमा बागलुङका १० पालिकाको १० समूह सहभागी रहेको समाजले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद २ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद एक लाख मेडल ट्रफी र प्रमाणपत्र, तृतीय पुरस्कार नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र र सान्त्वना पुरस्कार नगद २५ हजार राखिएको छ ।  विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी खेलाडी नगद १० हजार, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर, उत्कृष्ट मिडिल ब्लकर, उत्कृष्ट डिफेन्स र उदयमान खेलाडीलाई पनि नगद पाँच पाँच हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुन आउने टिमलाई समाजले सहभागी खाजा खर्च वापत प्रति टिम नगद २५ हजार रुपैयाँ समेत उपलब्ध गराएको छ ।

May be an image of one or more people, people playing tennis and text

 

 

 

प्रतिक्रिया