निसर्ग बाटिका स्कूलद्वारा पहिलो पटक बास्केटबल लिगच्याम्पियनसिप आयोजना गर्दै आठ विद्यालय, एक च्याम्पियन, प्रतिस्पर्धा मई २३ बाट सुरु हुँदै

  • जेठ ७, २०८३

काठमाडौं, नेपाल – निसर्ग बाटिका स्कूलद्वारा “प्रथम निसर्ग वारियर्स बास्केटबललिग च्याम्पियनसिप आयोजना २०२६” हुन लागेको जानकारी गरिएकोछ । योऐतिहासिक अन्तर–विद्यालय बास्केटबल प्रतियोगिताले काठमाडौंका युवाहरूलाईव्यवस्थित तथा उच्चस्तरीय प्रतिस्पर्धात्मक खेलको अवसर प्रदान गर्नेछ।

यो च्याम्पियनसिप मई २३ देखि जुन २१, २०२६ (जेष्ठ ९ - आषाढ ७, २०८३) सम्मसञ्चालन हुनेछ। सम्पूर्ण खेलहरू निसर्गको माछागेट स्थित बास्केटबल कोर्ट तथाहाई स्कूल बास्केटबल कोर्टमा आयोजना गरिनेछ। प्रतियोगितामा आठ विद्यालयसहभागी हुनेछन्, जहाँ प्रत्येक टोलीले अन्य सबै टोलीहरुसँग “राउण्ड रोबिन लिग” प्रणाली अन्तर्गत प्रतिस्पर्धा गर्नेछन। यस च्याम्पियनसिपको विजयताको निर्णयजितिएका खेलहरुबाट  प्राप्त अंकका आधारमा गरिनेछ । सम्पूर्ण खेलहरूआधिकारिक FIBA नियम तथा मापदण्डअनुसार सञ्चालन गरिने भएकालेप्रतियोगितामा खेल को मर्यादा तथा निष्पक्षता सुनिश्चित हुनेछ।

विद्यार्थी खेलाडीहरूका लागि यो प्रतियोगिता आफ्नो प्रतिभा प्रदर्शन गर्ने, सीपनिखार्ने तथा प्रतिस्पर्धात्मक वातावरणमा वास्तविक खेलको अनुभव प्राप्त गर्नेउत्कृष्ट अवसर मिल्नेछ।  विद्यालयहरूका लागि भने यो खेल आपसी सम्मानमाआधारित दीर्घकालीन सम्बन्ध निर्माण गर्ने माध्यम बन्नेछ।

“यस च्याम्पियनसिप मार्फत हाम्रा युवा खेलाडीहरूले अनुशासनसहित प्रतिस्पर्धागर्न, नेतृत्व गर्न, र जित वा हार दुवैबाट सिक्दै अघि बढ्न सकून् भन्ने चाहन्छौं,” निसर्ग बाटिका स्कूलका एक प्रतिनिधिले बताए।निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिपको मुख्य उद्देश्य नेपालकोबास्केटबल क्षेत्रको भविष्यमा लगानी गर्नु तथा युवा खेलाडीहरूलाई अर्थपूर्ण अवसरप्रदान गर्दै खेललाई गम्भीर रूपमा लिने संस्कृतिको विकास गर्न हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय