बागलुङ - जिल्लामा गत वर्ष हात्तिपाईले रोग निवारणको औषधी खुवाउने अभियान अन्तिम पटक भनेर संचालन गरियो । जिल्ला भरका सर्वसाधारणलाई स्वास्थ्यकर्मीकै निगरानीमा औषधी खुवाईयो । अन्तिम अभियानका रुपमा दश वटै स्थानिय तहले सक्रियताका साथ औषधी खुवाउने अभियान संचालन गरे । औषधी खुवाउने अभियानको ६ महिना पछि स्वास्थ्य मन्त्रालय सहितको टोलीले जिल्लामा सर्वेक्षण ग¥यो । बागलुङ नगरपालिका–१४ नारायणस्थान र गलकोट नगरपालिका–३ हटियामा (प्रि टास) सर्वेक्षण गरिएको । सर्वेक्षण नारायणस्थानमा पुन ०.३३ प्रतिशतमा यसको परजिवी देखियो त्यसैकारण पनि जिल्लामा पुन एक पटक औषधी खुवाउने अभियान संचालन गरिँदै छ । नारायणस्थानमा गरिएको कुल ६४१ जनामा गरिएको परिक्षणमा १ जनालाई पुन यसको परिजिवी देखिए पछि यस वर्ष पुन आम औषधी खुवाउने अभियान संचालन गरिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए ।
अघिल्लो वर्ष अन्तिम पटक औषधी खुवाउने अभियान भनेर संचालन गरियो रि प्रि टास गृदा यसको परजिवी संक्रमण भएको दर घट्दै गएको छ । कार्यालय प्रमुख शर्माले भने, यो भने अन्तिम पटक हुनेमा हामी आशाबादी छौं । फागुन ११ गते देखी औषधी खुवाउने अभियान संचालन हुँदै छ । यस अभियानमा कोही पनि नछुटी खुवाउने कार्यक्रम छ । यसमा सवैले सेवन गरौं भने सम्भवता अर्को पटक हामी खानुपर्ने छैन । उनले जिल्लामा अहिले सम्म १३ औं पटक हात्तिपाईले रोग निवारण अभियानको औषधी खाई सकेको र अबको १४ औं पटक हुने बताए ।
हात्तिपाईले निवारण हुन नसके पश्चात जिल्ला भरी नै पुन औषधी खुवाउने अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले जानकारी दिईन । सर्वेक्षण गर्दा पुन परजिवी भेटिए पछि बिश्व स्वास्थ्य संगठनको नियम अनुसार जिल्लाभर नै पून औषधी खुवाउने अभियान संचालन गर्नु परेको शर्माको भनाई छ । ‘लगातार ६ वर्ष औषधी खुवाए पश्चात यसको सर्वेक्षण थालिएको हो । सन २०१४ देखी जिल्लामा निरन्तर सर्वेक्षण थालिएको छ । शर्माले भनिने–‘२०१४ मा ३ प्रतिशत रहेको जिल्लाका तथ्याङक २०२१ सम्म पनि २.६६ प्रतिशत भन्दा तल हुन सकेन २ प्रतिशतमा नझरे सम्म नियमित औषधी खुवाउनुपर्ने छ । अहिले भने ०.३३ मा झरेको छ । यो पटक खुवाएर ६ महिनामा परिक्षण गर्दा कसैमा भेटिएन भने आउँदो वर्ष देखी खानुपर्ने छैन । यदी यस पश्चात पनि निवारण भएन भने अर्को वर्ष फरक औषधी खुवाउनुपर्ने अवस्था आउने छ ।’
एक ठाउँमा देखिए पनि जिल्ला भरीनै औषधी खुवाउनुपर्ने
परिक्षणका क्रममा एक ठाउँमा मात्र देखिए पनि एक मान्छेबाट अर्कोमा पनि सर्ने जोखिम भएकाले जिल्लाभर नै औषधी खुवाउने अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘पहिले जस्तो यति दिन भन्ने छैन, सबै ठाउँमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने छौ,’ जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले भनिन् ,‘जनसंख्या र भुगोल अनुसार दिन लम्बिन सक्छ, तर सबै ठाउँमा लक्ष्य तय गरेका छौ, नाम ठेगाना उल्लेख गरेरै औषधि खुवाएर अभियानलाई प्रभावकारी बनाउन लाग्नेछौ ।’ उनले परजिवी भेटिएका वडामा औषधी खुवाउने व्यक्तिलाई काड नै वितरण गरेर सवैलाई अनिवार्य गर्ने र औषधी खुवाउने अभियान संचालन गर्ने बताईन । एक व्यक्तिले खाने र अर्कोले नखाने भएमा पनि यसको जोखिम बढ्ने हुँदा सवैलाई अनिवार्य गर्नका लागि वडा कार्यालयहरुले कढाई गर्न लागेको शर्माले बताईन ।
२ लाख ४३ हजारले औषधी खाने
हात्तिपाइले रोग निवारणको सुनिश्चितताका लागि सय प्रतिशत अनिवार्य नभए पनि कम्तीमा २ प्रतिशत भन्दा तल पु¥याउनु पर्दछ । उचेरिया बाक्रोप्टि नामक ब्याक्टेरियाबाट लाग्ने हात्तिपाईले (फाईलेरिया) रोग क्यूलेक्स नामको पोथी लामखुट्टेको टोकाइबाट एक मान्छेबाट अर्को मान्छेमा सर्ने गर्दछ ।
जिल्लामा कुल २ लाख ५६ हजार जनसंख्या मध्ये २ लाख ४६ हजार ६ सय ४६ जनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाइनेछ । अभियानमा दुई वर्ष मूनिका बालवालिका, गर्भवती महिला तथा ७ दिन भित्रकी सुत्केरी महिला, दीर्घरोगी र सिकिस्त बिरामी बाहेक सबैले उमेर समूह अनुसार डि. ई. सी. चक्कि र जुकाको औषधि खानुपर्ने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । हात्तिपाईले सँगै जिल्लामा हाईड्रो सिलका विरामी पनि धेरै छन । अभियान संचालनका निम्ती ५०० भन्दा बढि स्वास्थ्यकर्मीहरु परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । धेरै वर्ष पहिले देखी अभियान संचालन गरिए पनि सर्वसाधारणले निरन्तर औषधी नखाँदा यो समस्या आएको खनालको भनाई छ । यस वर्ष सवै जनप्रतिनिधि र विभिन्न सरोकारवालाई अनिवार्य रुपमा आम सर्वसाधारण सँग सेवन गर्नका निम्ती आग्रह गरिएको छ । अभियानलाई प्रभावकारी बनाउनका निम्ती सामाजिक संजाल र संचार माध्ययमबाट आह्रवान गरिएको छ ।