बागलुङ– जिल्लाको बागलुङ नगरपालिकाले आफ्ना सेवाहरु घरदैलोमै पु¥याउन सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको छ । आम उपभोक्ता र वडा बासी नागरिकको सहजताको लागि नगरपालिकाले वडा तहमै सेवा प्रवाह शिविर संचालन गरेको छ । शिविरमा नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता गर्नुका साथै अन्य सेवाहरु पनि प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।
शिविरमा स्वास्थ्य सेवा, अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण, माटो परिक्षण, वित्तिय साक्षरता लगायतका सेवा प्रदान गरिएको छ ।
पहिलो चरण रायडाँडा र भकुण्डे
नगरपालिकाले पहिलो चरणमा आईतबार बागलुङ नगरपालिका–११ रायडाँडा र सोमबार वडा नं. १० भकुण्डेमा शिविर संचालन गरेको हो । शिविरमा योजना सम्झौताको साथमा वडा तहमै बैंकको खाता संचालन गर्ने र आम उपभोक्तालाई अभिमुखिकरण कार्यक्रम पनि संचालन गएिको सापकोटाले जानकारी दिए ।
शिविरको पहिलो दिन रायडाँडामा पुर्वाधार तर्फका १० लाख भन्दा बढि लागत अनुमान रहेका ३ वटा र १० लाख भन्दा कम लागत अनुमान रकेका ५ गरी ८ वटा योजना सम्झौता गरिएको छ । योजना सम्झौता पश्चात सवै उपभोक्ता समितिले बैंक खाता खोल्ने कार्य समेत भएको प्रशासकिय अधिकृत सापकोटाले जानकारी दिए । पहिलो दिन स्वास्थ्य सेवा तर्फ १४४ जनाको समान्य स्वास्थ्य परिक्षण गरिएको थियो भने ४३ जना महिलाको पाठेघर सम्बन्धी जाँच र उपचार गरिएको थियो । वडा तहमै कोभिड १९ का शंकास्पद विरामीलाई एन्टीजेन परिक्षण गरिएको थियो । जसमा ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । शिविरमा १०४ जनाको मधुमेह परिक्षण समेत गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिए ।
नगरपालिकाले अपाङ्गता परिचय पत्र २८ जनालाई वितरण गरिएको छ । केही नयाँ र केही नविकरण गरी क वर्गको रातो कार्ड ५ वटा खवर्गको निलो कार्ड १५ वटा र ग वर्गको पहेलो काड ६ वडटा घ वर्गको सेतो कार्ड २ कार्ड वितरण गरिएको बानपा ११ का व८ा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए ।
शिविरकै अवसरमा कृषि प्राविधिकले किसानको खेतबारीमै पुगेर माटोको गुणस्तर परीक्षण गरेका थिए । ६ स्थानको माटाको प्राररम्भिक नमूना परीक्षण गरिएको नगरका कृषि शाखा प्रमुख राहुले केसीले बताए । उनका अनुसार परीक्षणका क्रममा दोमोट प्रकारको माटो पाइएको छ ।
शिविरको दोस्रो दिन भकुण्डेमा सेवाग्राहीको भिड लागेको थियो । भकुण्डेका वडा तह र नगरपालिका कुल १६ वटा योजना सम्झौता भएका छन । सम्झौता भएका योजना मध्ये महिला अध्यक्ष रहेका ४ र पुरुष अध्यक्ष रहेका ९ वटा योजना रहेका छन । त्यसैगरी संस्थागत तर्फ ३ वटा रहेका छन । शिविरमा स्वास्थ्य सेवा तर्फ १५१ जनाको सामान्य स्वास्थ्य परिक्षण सेवा, ६७ जनाको पाठेघर सम्बन्धी जाँच गरी २ जनाको आङ्ग खस्ने समस्या रहेको र रिङ्ग प्रेशरी लगाईएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खनालले जानकारी दिए ।
शिविरमा ४ जनामा कोभिड परिक्षण गरिएकोमा २ जनामा पोजेटिभ देखिएको छ भने १६ जनाको यौनरो सँग सम्बन्धीत समस्या रहेको छ । परिवार नियोजन तर्फ २ जनामा नरप्लान्ट राखिएको र १ जनामा नरप्लान्ट झिकिएको छ भने १०४ जनाको मधुमेह परिक्षण गरिएको खनालले जानकारी दिए ।
शिविरमा ३० जना अपाङ्गता भएका व्यक्तिहरुका लागि नयाँ परिचय पत्र वितरण गर्नुका साथै नविकरण गरिएको छ । जसमा क वर्गको रातो कार्ड प्राप्त गर्ने १५ जना ख वर्गको निलो कार्ड प्राप्त गर्ने १० र ग वर्गको पहेलो कार्ड प्राप्त गर्ने ५ जना रहेका छन । शिविरमा उपस्थित हुन नसकेका अपङ्गता भएका व्यक्तिहरुलाई नगरउपप्रमुख राजु खड्का, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा, अधिकृतस्तर आठौ, युक्तप्रसाद सुवेदी लगायतको टोलीले घरमै पुगेर परिचय पत्र प्रदान गरेका थिए । सोही वडाका गलुवाका चन्द्रकला थापा र देउरालीका यामबहादुर थापालाई घरमै पुगेर क वर्गको अपाङ्गगताको परिचय पत्र प्रदान गरिएको थियो ।
शिविरमा कृषकको खेतबारीमै पुगेर माटो परिक्षण गरिएको थियो । भकुण्डे क्षेत्रको ४० रोपनी जमिनको १८ वटा स्थानमा नमुना संकलन गरी माटो परिक्षण गरिएको थियो । माटोको औष ५.९ प्रतिशतमा फासफरस रहेको यसमा अम्लियपन अधिक रहेको कृषि शाखा प्रमुख राहुल केसीले जानकारी दिए ।
गाउँमै आफुले सेवा लिन पाउँदा बल्ला स्थानिय तह आएको महशुस भएको भकुण्डेका स्थानिय नरबहादुर थापा बताउँछन । उनले आफु असक्त भएको हुँदा जे कामका लागि पनि नगरपालिका कार्यालय धाउनुपर्ने बाध्यता शिविर मार्फत टरेको बताए ।
सवै भन्दा प्रभावकारी उपभोक्ता समिति र अपाङ्गलाई देखिएको नगरउपप्रमुख राजु खड्का बताउँछन । खड्का अनुसार टाढाको बाटो गाउँमा आफन्त खोजेर बोकेर लैजानुपर्ने असक्त र अपाङ्गका लागि शिविर अझै फलदायी भएको छ । शिविरमा बागलुङ नगरलाई बालमैत्री नगरपालिका घोषणा अभियानलाई प्रभावकारी बनाउनका निम्ती विद्यालयका प्रध्यानध्यापक र सरोकारवालाई अभिमुखिकरण पनि प्रदान गरिएको थियो भने उपभोक्ता समिति कृषक लगायतलाई योजना सम्झौता र फरफारकका विषयमा अभिमुखिकरण समेत गराईएको थियो ।
नगरबाट प्रदान गरिने सेवा प्रवाह वडा तहबाटै प्रदान गर्दा आम सर्वसाधारणलाई छिटो छरितो सेवा प्रवाह गर्न सकिने नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने र उपभोक्ता समितिलाई सहज हुने उनको भनाई छ । नगरपालिकाले शिविरमा झण्डै ८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता गर्ने लक्ष्य लिएको छ । दोस्रो चरणको शिविर भदौ ८ गते वडा नं १२ अमलाचौरबाट सुरु हुने नगरपालिकाले जनाएको छ ।