राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको सभापतिमा राजेन्द्र शर्मा निर्वाचित भएका छन । सोमबार जैमिनी नगरपालिका–कुश्मिसेरामा सम्पन्न अधिवेशनबाट शर्मा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन । शर्मा यसअघि रास्वपाको जैमिनी नगर तदर्थ समितिको संयोजकसमेत थिए ।
अधिवेशनबाट उपसभापतिमा टंकप्रसाद शर्मा, सचिवमा मातृका शर्मा र सहसचिवमा सृष्टा शर्मा निर्वाचित भएको निर्वाचन समितिका सदस्य अस्मिता खड्काले जानकारी दिइन ।
यस्तै, सदस्यहरूमा होमनाथ पौडेल, चिना मल्ल क्षेत्री, दलबहादुर नेपाली, खगेन्द्र रेग्मी, पवन शर्मा, ओमबहादुर थापा, तुलसी शर्मा र शान्ति विक चयन भएका छन ।