बागलुङ -
विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन जिल्ला जिल्लाको जैमिनी नगरपालिकाले नगरक्षेत्र भित्र ३ वटा पक्की हेलिप्याड बनाउने भएको छ । प्रत्येक वडामा एक हेलिप्याड बनाउने अवधारणा ल्याएको नगरपालिकाले तत्कालका लागि ३ स्थानमा पक्की हेलिप्याड निर्माण गर्ने निर्णय गरी बजेट समेत व्यवस्थापन गरेको छ ।
बिशेषगरी गर्भवती र सुत्केरी तथा अन्य दुर्घटनामा परेका बिरामीको उद्दारकालागि सहज होस् भनेर हरेक वडामा हेलिप्याड निर्माण गर्ने निर्णय गरिको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । शर्माका अनुसार अनुसार पहिलो चरणमा अति आवश्यक क्षेत्रलाई प्राथमिकरण गरी तिन स्थानमा हेलिप्याड बन्ने छ ।
पक्की हेलिप्याड बनाउँदै जैमिनी
जसका लागि एक हेलिप्याड बराबर ५ लाख रुपैयाँका दरले यस आवमा १५ लाख बजे विनियोजन गरिएको छ । नगरपालिका भित्र वडा नंं १ को कुश्मीसेरा, वडा नं ३ को माथिल्लो दमेक र वडा नं. ८ को छिस्तीमा पक्की हेलिप्याड निर्माण गरिने छ ।
‘नगरपालिकाका कार्यालय कुश्मीसेरा बजार देखि सबै वडामा कच्ची सडकले मात्रै छोएको छ । हिउँदको समयमा त जनतन गाडी चल्लान वर्खाको समयमा समस्या हुन्छ । उपप्रमुख शर्माले भने समयमा गाडि नपाइने र गाडी भेटिंदापनि मुकाम पुग्नै तीनचार घण्टा लाग्ने अबस्था भएकोले हेली उद्दारलाई प्राथमिकता दिएको हो । पहिलो चरणमा ३ स्थानमा पक्की हेलिप्याड निर्माण गर्ने योजना बनाएका छौं अन्य वडामा अस्थायी हेलीप्याड बनाईने छ ।
नगर कार्यपालिकाले गर्भवती र सुत्केरीलाइ निशुल्क हेली उद्दार र उपचारमा पठाउने निर्णय समेत गरिसकेको उनले बताए । जिल्लाको काठेखोला गाउँपालिकाले पनि अघिल्लो वर्ष नै वडा नं. ७ को लेखानीमा पक्की हेलिप्याड निर्माण गरेको छ ।
गर्भवती सुत्केरी र दुर्घटनामा परेकालाई उद्धारमा सहज
विशेष गरी जिल्लाको पश्चिम क्षेत्रमा गर्भवती, सुत्केरी र दुर्घटना भएमा हेलिकप्टर मार्फत उद्धार गर्ने गरिएको छ । सदरमुकाममा रहेको धौलागिरी अस्पताल पु¥याउन र अन्य छिमेकी जिल्लाका अस्पताल पु¥याउन घण्टौं लाग्ने हुँदा यस्तो जटिल अवस्था परेमा हेलिप्टर नै प्रयोग गर्ने गरेका छन । यसले उद्धारमा सहज बनाएको छ ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयको समन्वयमा चालुबर्ष ३ र गत बर्ष ७ जना गर्भवती र सुत्केरी अवस्थामा रहेका महिलाको हेलीद्वारा उद्दार भएका थिए । कोभिडको समयमा स्वास्प्रस्वाबमा समस्या भएका व्यक्तिलाई हेलिमार्फत नै काठमाण्डौ पोखराका अस्पतालमा लगिएको थियो । दुर्घटना परेमा वा सुत्केरी र गर्भवती अवस्थाका महिलालाई कार्यालयले समन्वय गरेर उद्धार कार्यका लागि सहयोग गर्दै आएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट निरिक्षक अधिकृत देवप्रकाश घिमिरेले जानकरी दिए । अधिकाशं जैमिनी नगरपालिका, बडिगाड गाउ“पालिका र तमानखोला गाउ“पालिका, ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका बाट धेरै हेली उद्दार भएका छन् ।
निजी व्यवस्थापनमा २ देखी ३ लाख सम्म शुल्क तिर्छन
निजी खर्च र व्यवस्थापनमा त्यो भन्दा धेरै हेली उद्दार भएका घिमिरेले बताए । निजि खर्चमा एकपटकको उद्दारमा बिरामीले २ देखी ३ लाख सम्म शुल्क तिरेका पाईएको छ । जिल्लाका अन्य स्थानिय तहले पनि अस्थायी हेलिप्याड निर्माण गरेका छन । हेलिप्या नहुँदा खेत बारीमा अवतरण गरी विरामी पठाउनुपर्ने बाध्यता छ । बागलुङ सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा समेत हेलिप्याड नहुँदा नजिकैको धौलागिरि बहुमुखी क्याम्पसमा हेलिकोप्टर राख्ने गरिएको छ । बर्षमा दर्जर्नौ पटक क्याम्पसको चउरमा हेलिकोप्टर बसेको छ । अन्यत्र कुनैपनि हेलीप्याड छै्न । हेली प्याड नहु“दा मुस्ताङमा मौषम खराब भएर फर्केका हेलिकोप्टर समेत बागलुङ स्थित धौलागिरि बहुमुखी क्याम्पसमामा अवतरण गरेको पाईएको छ । जिल्लाको नारायणस्थानमा रहेको बलेवा बिमानस्थल कालोपत्रे भएकोले आउँदा दिनमा आपतकालिन अवतरण त्यता हुने विश्वास गरिएको छ ।