ताराखोला गाउँपालिका अध्यक्षको निर्णय: सवै सेवा सुविधा शहिद बेपत्ता र घाईतेका लागि 

  • जेठ ८, २०७९

बागलुङको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले आफुले पाउने मासिक तलब भत्ता सहिद, वेपत्ता र घाईतेका लागि प्रदान गर्ने भएका छन ।

गाउँपालिकामा पदबहाली गरे सँगैको पहिलो निर्णयमा उनले आफुले पाउने सम्पुर्ण तलब भत्ताको रमम जनआन्दोलनका सहिद, घाईते र बेपत्ताको परिवाका लागि खर्च गर्ने बताए । उनले सवै रकम एउटा कोष खडा गरेर जम्मा गर्ने सहिद घाईते र बेपत्ता परिवारकाका लागि खर्च गर्ने बताए ।

उनले अर्को निर्णय गाउँपालिका भित्र रहेको बाँझो जमिनमा खेती गर्ने किसानका लागि उचित अनुदान दिने व्यवस्था गर्ने गरेका छन । विकले गाउँपालिका भित्रका सवै बाँझो जमिनलाई खेती योग्य बनाउने जो किसानले खेती गर्छ उसका लागि प्रतिरोपनी २ हजार रुपैयाँका दरले अनुदान पर्दान गर्ने निर्णय गरिएको बताएका छन ।  

गाउँपालिका भित्र कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि सो निर्णय गरेको उनले बताए । नेकपा माओबादी केन्द्रबाट विजयी भएका विक जनयुद्धमा घाईते समेत हुन । गाउँपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसका भिमबहादुर रोका विजयी भएका थिए । 

प्रतिक्रिया