नेकपा एमाले बागलुङका चार स्थानिय तहमा सर्वसम्मत नेतृत्व चयन

  • कार्तिक ९, २०७८

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तगर मंगलबार देखी सुरु भएको गाउँ नगर अधिवेशनमा बागलुङमा चार वटा स्थानिय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । जिल्लाका दश स्थानिय तह मध्ये ७ स्थानिय तहमा अधिवेशन उदघाटन् सम्पन्न भै बन्द सत्र सुरु भए सँगै साँझ सम्म चार स्थानिय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको गलकोट नगरपालिकामा पूर्णबहादुर काउचा निर्विरोध अध्यक्षमा चयन भएका छन । त्यसैगरी काठेखोला गाउँपालिकामा दिलबहादुर कार्की, ताराखोला गाउँपालिकामा ऋषिराम रोका र तमानखोला गाउँपालिकामा तारानाथ सिर्पालीको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको नेकपा एमालेका जिल्ला सचिव भएको पार्टी सचिव विष्णु भुसालले जानकारी । 
रोका नेकपा एकीकृतबाट एमालेमा प्रवेश गरेका थिए भने अरु एमालेकै पुराना कार्यकर्ता हुन् । पदाधिकारी भने बुधबारसम्म मात्रै टुंगो लाग्ने गरी नेताहरु छलफलमा जुटेका सचिव भुषालले बताए । 
जिल्लामा सवैको केन्द्रविन्दुमा रहेको बागलुङ नगरपालिकाको अध्यक्षमा भने आधा दर्जन आकंक्षी देखिएका छन । वर्तमान नगर अध्यक्ष धनबहादुर परियार, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा बागलुङ जिल्लाकाका पूर्व प्रचार विभाग प्रमुख रामृकष्ण शर्मा, जिल्ला सचिवालय सदस्य तथा बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष धुव्र केसी, जिल्ला सचिवालय सदस्य तथा बानपा ९ का अध्यक्ष गणेश थापा, बानपा–६ का वडा अध्यक्ष खिमराज सापकोटा, नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य राम बहादुर जिसी, युवा संघका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लोकेन्द्र केसी लगायतको नाम चर्चामा छ । पार्टीले सर्वसम्मत मिलाउने प्रयास गरेको छ । बुधबार विहान सम्म पनि सर्वसम्मत हुन नसकेकमा निर्वाचन प्रक्रिया अगाडी बढ्ने नेकपा एमालेले जनाएको छ । जिल्लाका १० पालिकामध्ये मंगलबार ७ वटामा मात्रै अधिवेशन सुरु भएको थियो । जैमिनी नगरपालिका, निसीखोला र बरेङ गाउँपालिकामा भने तयारी नपुगेको भन्दै अधिवेशन केही दिनलाई पछाडी लगिएको छ । 

प्रतिक्रिया