बागलुङ १ प्रदेश सभा (२) मा काँग्रेसका डिल्लीराम सुवेदीको अग्रता

  • मङ्सिर ६, २०७९

बागलुङ — बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (२) मा नेपाली काँग्रेसका डिल्लीराम सुवेदीले सुरुवाती अग्रता लिएका छन । सुवेदीले  ९१९ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका नवराज पौडेलले ३२४ मत प्राप्त गरेका छन । बरेङ गाउँपालिका १ धुल्लुबास्कोट मतदान केन्द्रको मत गणना गर्दा सुवेदीले तेब्बरले अग्रता लिएका छन । यसैगरी राप्रपा नेपाल १६ र मंगोल नेशनल अर्गनाईजेशनले ४९मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुवेदी गठबन्धनका साझा उम्मेदवार हुन । 

प्रतिक्रिया