निर्वाचन नजिकिए सँगै चुनावको तयारीमा होमियो नेपाली कम्युनिष्ट पार्टी

  • पुस २९, २०८२

बागलुङ - आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधी सभा निर्वाचन नजिकिए सँगै नेपाली कम्युनिष्ट पार्टी बागलुङले आन्तरिक तयारीमा जुटेको छ । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट बागलुङ क्षेत्र नं २ मा पार्टीका नेता ज्ञामनाथ गैरे 'अनिल' लाई उम्मेदवार सिफारिस गरे सँगै नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर समितिले अन्तरकृया गरेको छ ।

अन्तरकृयामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात पहिलो पटक फागुनमा हुन लागेको निर्वाचनमा पार्टीका उम्मेदवारको विजयी सुनिश्चित गर्दै मुलुकको समृद्धि र सामाजिक न्यायका क्षेत्रमा समर्पित हुनु पर्ने कुरामा जोड दिईएको थियो । 

सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर नेपाली कम्युनिष्ट पार्टी अगाडी बढिरहेको सन्दर्भमा बागलुङ क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका ज्ञामनाथ गैरे अनिललाई जिताउनुको विकल्प नरहेको सहभागीले बताएका छन ।

अन्तरकृयामा बोल्दै उम्मेदवार गैरेले आफुले पहिलो पटक प्राप्त गरेको अवसरलाई भरपुर सदुपयोग गर्दै त्यसको लागि आफू कार्य सम्पादन गर्ने विषयमा प्रतिबद्ध रहेको बताउनु भयो । नेपाली कम्युनिष्ट पार्टीको लक्ष्य र उद्देश्य आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने र शान्तिपूर्ण ढंगले मुलुकमा नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्ने रहेको भन्दै उम्मेदवार गैरेले सबैको सहयोग र साथको अपेक्षा गरेको उल्लेख गर्नुभयो ।

अन्तरकृयामा गलकोट नगरपालिकाको ११ वटै वडामा सांगठनिक अवस्था, पार्टीले सरकारको नेतृत्व गर्दा भष्ट्राचार न्यूनिकरण र सुशासनको क्षेत्रमा खेलेको भुमिकाको विषयमा समिक्षा समेत गरिएको थियो । अन्तरकृयामा सहभागीहरुले आ-आफना धारणा राखेका थिए । 

कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर सभापति गंगा बहादुर भुजेलको अध्यक्षता र सचिव खिम साहानीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय