बागलुङ । धौलागिरी क्षेत्रकै सामाजिक एवं शिक्षा क्षेत्रका धरोहरको रुपमा परिचित रहेका स्व. हेमराज शर्मा पौडेलको सातौं स्मृति दिवसमा समाजसेवी सम्मान तथा छात्रबृति वितरण कार्यक्रम सम्पन्न गरिएको छ । स्व. पौडेलले स्थापना गरेको हेमराज शर्मा पौडेल प्रतिष्ठान मार्फत हरेक वर्ष विभिन्न क्षेत्रमा क्रियाशिल सामाजिक व्यक्ति तथा जेहेन्दार विद्यार्थीका लागि छात्रबृति प्रदान गरिँदै आईएको छ । मंगलबार बागलुङ नगरपालिका–१३ पैयुँपाटामा एक कार्यक्रमको आयोजना गरि बागलुङका समाजसेवी एवं राजनिति व्यक्तित्व हरिप्रसाद श्रेष्ठलाई प्रतिष्ठानले सम्मान गरेका छ । नेपाली काँग्रेस बागलुङ पुर्व पार्टी सभापति समेत रहेका श्रेष्ठ राजनिति सँगै शिक्षा र सामाजिक क्षेत्रमा स्वर्गिय हेमराज पौडेल सँगै सहयात्रा गरेका थिए । श्रेष्ठलाई नगर दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरिएको छ । प्रतिष्ठानद्धारा शिक्षा क्षेत्रमा योगदान गर्ने बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसका अध्यक्ष चूडामणि शर्मा पौडेल, पूर्व अध्यक्षहरू अमरबहादुर खत्री र प्रकाश पौडेल, कृष्ण गण्डकी क्याम्पसका अध्यक्ष कमलकुमार जिसी र पूर्व अध्यक्ष कृष्णबहादुर खत्री, शान्तिदीप बहुमुखी क्याम्पसका अध्यक्ष चित्रप्रसाद चापागाईं, पूर्व अध्यक्षहरू काशिराम आचार्य र हरिप्रसाद शर्मा एवं लक्ष्मीनारायण संस्कृत पाठशालाका पूर्व शिक्षक पं. पुरुषोत्तम उपाध्यायलाई सम्मान गरिएको थियो ।
प्रतिष्ठानले धौलागिरि बहमुखी क्याम्पसको स्नातक तहमा (२०७९ मा) सर्वोत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने अञ्जना रिजाल, बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसबाट गीता कुँवर, त्रिभुवन माविकामा अध्ययनरत विद्यार्थी कपिल शर्मा र दीक्षा रेग्मी जनमत माविका उज्ज्वल रिजाल र अनिशा रिजाललाई नगद सहित सम्मान गरेको थियो । कार्यक्रममा हेमराज शर्माको जीवनीमा आधारित बृत्तचित्र समे प्रर्दशन गरिएको हेमराज शर्मा पौडेल प्रतिष्ठान बागलुङ अध्यक्ष किरणराज पौडेलले जानकारी दिए ।
सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्व. हेमराज शर्मा पौडेलले गरेको योगदानको सबैले अनुसरण गर्दै जानुपर्ने बताए । उनले पहिले संचार यातायात नहुँदा कुनै पदको लोभ नगरी स्व. पौडेलले गरेको कार्य साच्चै समाजका लागि ठुलो विकासको माध्ययम बनेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र सम्मानित व्यक्ति हरिप्रसाद श्रेष्ठले समाजको लागि स्व. पौडेलले गरेको योगदानको प्रशंसा जति गरेपनि नपुग्ने हुदा उहाले देखाएको बाटोलाई सबैले अबम्वलन गर्दै जानुपर्ने बताए ।
स्वं पौडेलको जिवनी र व्यक्तित्वका बारेमा प्रतिष्ठानका अध्यक्ष किरणराज पौडेलले प्रष्ट पारेका थिए । कार्यक्रम बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ज्ञानेन्द्रराज पन्तको संचालनमा सम्पन्न भएको थियो ।