बडिगाडमा जीप दुर्घटना पाँच घाइते

  • फाल्गुण ६, २०८२

बागलुङ–  बागलुङको बडिगाड गाउँपालिका–८ खोलाखर्कमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन ।  खोलाखर्क देखी गलकोटको हटिया बजार तर्फ जाँदै गरेको ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप दुर्घटनामा भएको हो । उकालो चढ्ने क्रममा ब्रेक फेल भई जीप अन्दाजी २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए । 
दुर्घटनामा घाइते हुनेमा  जिपका चालक गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका सुनिल विक. बडिगाड गाउँपालिका वडा नं. ८ खोलाखर्कका ७२ वर्षिय याम बहादुर श्रीस ५७ वर्षिय वेद बहादुर श्रीस ४० वर्षिय लिल बहादुर श्रीस ४९ बर्षिय विष्णु श्रीष र सवारी धनी गलकोट नगरपालिका ११ पाण्डवखानी रमुवाका ४० बर्षिय लिलबहादुर श्रीस रहेका छन । र दुर्घटनापछि स्थानीयवासीहरू तत्काल उद्धारगरी गलकोट नगर अस्पताल पठाएको पाण्डेले जानकारी दिए । घाइतेको अहिले गलकोट नगरअस्पतालमा उपचार भै रहेको छ । घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया