बागलुङ, - जिल्ला प्रशासन कार्यालय बागलुङले करिव एक महिना पछि विद्युतिय राहदानी (ई–पासपोर्ट)को कामको थालनी गरेको छ । प्रशासनले विद्युतीय राहदानी बनाउनेका लागि फाराम संकलन गर्ने कामको सुरु गरेको हो ।
प्रशासनले पहिलो पटक ई–पासपोटको लागि फाराम संकलन गर्न थालेको हो । जिल्लामा मंसिर १ गतेदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को फाराम संकलन कार्य स्थिगित गरिएको थियो । मंसिर १५ गतेसम्मको लागि भनेर स्थगित भएको राहदानी फाराम संकलन कार्य ई–पासपोर्टको फाराम संकलन प्रविधि जडान गर्न ढिला हुँदा एक महिना लागेको हो ।
अब नियमित रुपमा फाराम संकलन गरी विभागको स्टिममा अपलोड हुने जिल्ला प्रशासन कार्यालय राहदानी शाखाका प्रमुख तेजराज गौतमले जानकारी दिए । एमआरपी दैनिक २०÷२५ फारामा संकलन भए पनि ई–पासपोर्टको संख्या त्यही मात्रामा गर्न कठिन हुने उनको भनाई छ । नयाँ प्रविधि भएको हुँदा सुरुका केही महिनामा लक्ष्य अनुसारको फाराम संकलनमा कठिन भए पछि अभ्यास्तै हुँदै गए पछि पुरानै संख्यामा फाराम संकलन हुनेछ ।
विद्युतिय राहदानीका लागि राष्ट्रिय परचय पत्र नम्बर अनिवार्य गरिएको छ । राहदानी सुरक्षित र व्यक्तिको सम्पूर्ण विवरण हुने गरी तयार पारिएको छ । सरकारले मंसिर १ गतेदेखि ई–पासपोर्ट लागु भएसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो । मंसिर २८ गतेदेखि पूर्णरुपमा एमआरपी वितरण बन्द भएको छ । एमआरपी राहदानीलाई प्रतिस्थापन गर्दै सरकारले विद्युतिय राहदानी प्रचलनमा ल्याएको हो ।
प्रशासन कार्यालयबाट अनलाईन फर्म भर्ने र कागजातहरु सिस्टमा अपलोड गर्नुपर्ने हुन्छ । ई पासपोटको लागि आवेदन पेश भएको १५ दिन भित्र विद्युतिय पासपोर्ट प्राप्त नायव सुब्बा गौतमको भनाई छ । राहदानी विभागका अनुसार हालको राहदानीमा भएका कुराका अतिरिक्त विद्युतिय राहदानीमा विद्युतिय चिप र एन्टेनासमेत जडा गरिएको छ ।
चिपमा औँठाछाप, तस्विर लगायतका व्यक्तिगत वितरण समावेश गरिएको छ । सुरक्षाको दृष्टिले पनि यो राहदानी पक्का हुन्छ । राहदानीमा समावेश विवरणहरु राखेर चिप लक गरिसके पछि कसैले थपघट वा फेरबद गर्न सक्दैनन ।
विद्युतिय र मेशिन रिडेबल राहदानीको दस्तुर एउटै छ । विभागमा पहिले एक दिने, दुई दिने र तीन दिने सेवा भएकोमा हाल संशोधित राहदानी मियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी दुर्त सेवा काम गरिएको छ ।
दुई कार्य दिनमा तयार हुने राहदानीलाई १२ हजार रुपैयाँ दस्तुर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीको लागि पाँच हजार र ६६ पृष्ठको राहदानीलाई दश हजार राजश्व लाग्ने प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माको भनाई छ । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्नेछ ।