बागलुङ - मंगलबार राति देखी परेको अविरल वर्षा सँगै जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन सिकार आरक्ष लगायत जिल्लाको निसीखोला, तमानखोला, गलकोट, काठेखोला गाउँपालिकाको घोडाबाँधे, ताराखोला, जैमिनी नगरपालिकाको गाजा दह र बडिगाडको माथिल्लो क्षेत्रमा क्षेत्रमा बाक्लो हिमपात परेको छ । हिमपातका कारण स्थानीयको जनजीवन कष्टकर भएको छ ।
हिमपातका कारण दैनिक काममा निश्कन र पशुचौपायालाई घाँस दान खुवाउन कठिनाई भएको गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचारले बताईन । हिउँले उच्च पहाडी क्षेत्र छपकै छोपेको छ । वर्षा र हिमपात हुँदा गहुँखेती सर्प्रने आसामा कृषकहरु खुसी भएका छन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधेदेखि बुर्तिवाङ खण्डको ठाउँ ठाउँमा हिमपात भएको बुर्तिबाङ जाँदै गरेको युवा नेता हरिहर शर्माले बताए । हिमपात परे सँगै मध्पहाडी लोकमार्ग बागलुङ घोडाबाँधे खण्डमा हिउँ खेल्न रमाउन जाने पनि बढेका छन ।