बागलुङ, - बागलुङ नगरपालिकाले जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले प्रत्येक वडामा सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको छ । नगरपालिकाले बुधबारदेखी दोस्रो चरणको सेवा प्रवाह घुम्ती शिविर सुरु भएको छ । दोस्रो चरणको पहिलो दिन वडा नं. १२ अमलाचौर शिविर सम्पन्न भएको छ । वडा बासी नागरिकको सहजताको लागि नगरपालिकाले वडा तहमै सेवा प्रवाह शिविर संचालन गरेको हो । शिविरमा स्वास्थ्य सेवा, आँखाको उपचार,अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण, माटो परिक्षण, वित्तिय साक्षरता लगायतका सेवा प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । आम उपभोक्ताको सहजताका लागि नगरपालिकाले वडाबाट छनौट भएका योजना र नगरपालिकाबाट विनियोजन भएका योजनाको सम्झौता गरिएको छ भने उपभोक्ता समितिकै नाममा वडा तहमै बैंकको खाता संचालन गरेको छ ।
नगरपालिकाले विषेश गरी ग्रामिण क्षेत्रमा रहेका वडा नं. ५, देखी वडा नं. १४ सम्मका आम उपभोक्तालाई लक्षित गरी घुम्ती शिविर संचालन गरेको हो । शिविरमा नगरपालिकाले गरेको पहिलो निर्णय बालमैत्री नगरपालिकाका लागि सुचकहरु पुरा गर्न वडा तहमै विद्यालयका प्रध्यानध्यापक सँग छलफल गरिने प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए ।
बुधबारको कार्यक्रममा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिका–१२ अमलाचौरका कुमारी विक र सपना परियारलाई अपाङ्गताको परिचय पत्र वितरण गरेर शिविरको शुभारम्भ गरेका थिए । कार्यालयमै सेवा लिन आउँदाको समय बचत र नागरिकको सहजताका लागि वडा तहमै सेवा प्रवाह घुम्ती शिविर संचालन गरिएको नगरप्रमुख श्रेष्ठले बताए । ‘भुगोलको हिसावले नगरक्षेत्र भित्र पनि धेरै टाढाका वडा र गाउँ छन । त्यही गाउँका नागरिकका लागि लक्षित गरी शिविर संचालन गरिएको हो नगरप्रमुख श्रेष्ठले भने,–‘हामी नगरपालिकामा आए पछि पहिलो कार्यक्रम पनि हो । गाउँमै सेवा प्रवाह गरे आम नागरिककलाई सर्भशुलम सेवा प्रदान गर्ने हाम्रो दायित्व रहेको छ ।’ यो दायित्व आगमी दिनमा पनि निरन्तर प्रदान गर्नेछौं ।’
वडा तहमै योजना सम्झौता गर्नुभन्दा पहिले नगरपालिकाको प्राविधिक टोली सम्बन्धीत योजनाको लागत इष्टुमेण्ट तयार पर्ने र उपभोक्ता समिति गठन गरी सम्झौता गर्न आउने छन । शिविरमा पाठेघरका समस्या भएका महिलाहरुका विषेश सेवा प्रदान गर्नुका साथै आँखा उपचार सेवा समेत प्रदान गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।
शिविरमा चालु आवमा स्विकृत ८ वटा योजना सम्झौता गरिएको छ भने जसमा उपभोक्ता समितिमा महिला अध्यक्ष रहेका ३ र पुरुष अध्यक्ष रहेका ४ रहेका छन भने संस्थागत १ वटा योजना रहेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी दिए ।
शिविरमा १८४ जना पुरुष र १३४ जना महिला गरी कुल ३१८ जनाले सामान्वय स्वास्थ्य परिक्षण सेवा लिएका थिए भने, ३३ जना महिलाको पाठेघरको जाँच गरिएको छ । पाठेघरको जाँच गर्ने क्रममा १ जनामा पाठेघरको क्यान्सरको लक्षण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । शिविरमा १४३ जनाको मधुमेह परिक्षण गरिएकोमा २२ जनामा मधुमेह देखिएको थियो भने । ५ जनामा मलेरिया परिक्षण गरिएको छे १६९ जनाको आँखा परिक्षण गरिएको खनालले जानकारी दिए ।
शिविरमा नयाँ र पुरानो गरी २८ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । जसमा क वर्गको रातो कार्ड ५ खवर्गको निलो कार्डा १६ ग वर्गको पहेलो कार्ड ५ र घ वर्गको सेतो कार्ड १ रहेको अधिकृत आठौ युक्त प्रसाद सुवेदीले जानकरी दिए ।
वडा भित्रको भुभाग समेटीने गरीे करीव ३५० रोपनी जमिनको कभरेज लिई ६७ वटा स्थानका नमुना संकलन गरी माटो परीक्षण गर्दा माटोमा औसतमा पिएच ६.५ रहेकोेले माटोमा अम्लीयपन अधिक रहेको कृषि शाखाका प्रमुख राहुल केसीले जानकारी दिए । माटो परिक्षण गरिएका कृषकहरुलाई सिफारीस मात्रामा कृषि चुनको प्रयोग गर्न सुझाइएको छ ।
शिविरमा वालमैत्री स्थानीय शासनका सूचक स्थानीएकरण गर्ने सम्वन्धमा सम्वन्धित सरोकारवालाहरुलाई अनुशिक्षण गरिएको छ । वडा भित्रका सबै विद्यालयका प्र.अ.हरुबाट विद्यालय सँग सम्बन्धीत बालमैत्री स्थानिय शासनका सूचकहरु पुरा गर्ने प्रतिवद्धता गर्दै वडा अध्यक्ष कोपिलामणि शर्माको अध्यक्षतामा १५ सदस्यीय वालमैत्री स्थानीय शासन वडा समिति गठन समेत गरिएको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सेवा अन्तर्गत ३२ जनाको सामाजिक सुरक्षा भत्ता नविकरण तथा व्यक्तिगत विवरण अध्यावधिक, ८ जनाको सामाजिक सुरक्षा भत्ता नया दर्ता र ३ जनाको व्यक्तिगत घटना दर्ता गरिएको प्रशासकिय अधिकृत सापकोटाले जानकारी दिए ।
शिविरमा आउन नसकेका अपाङ्गता भएका व्यक्तिलाई नगरप्रमुख बसन्त कुमार श्रेष्ठ उपप्रमुख राजु खड्का प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा लगायतको टोलीले घरमै पुगेर परिचय पत्र वितरण गरेको थियो ।
शिविर उदघाट्न सत्रको अध्यक्षता बानपा १२ का वडा अध्यक्ष कोपिलामणी शर्माले गरेका थिए भने स्वागत वडा सदस्य मिना विक र संचालन नगरपालिकाका अधिकृत आठौं युक्त प्रसाद सुवेदीले गरेका थिए ।