• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • बागलुङ ,
  • जैमिनी

जनताको घरदैलोमा भोट माग्दै पाँच दलीय गठबन्धनका उम्मेदवार 

  • ब‌ैशाख १८, २०७९

 बागलुङ - आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा भोट माग्न व्यस्त रहेका छन । बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्काले आईतबार बागलुङ नगरपालिका ४ को कुँडेल, वडा नं. ५ को मालिका वडा नं. ६ को भांसामा मतदाताको घरघरमा पुगेर भोट मागेका छन । 
श्रेष्ठ र खड्का सँगै स्थानिय वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुले पनि जनताको घरदैलो पुगेर भोट माग्दै हिँडेका छन । स्थानिय तहको  निर्वाचनमा पाँच दलिय गठबन्धनको संयुक्त उम्मेदवारमा श्रेष्ठ नेपाली काँग्रेसको तर्फबाट  नगरप्रमुखको उम्मेदवार हुन भने खड्का नेकपा माओबादी केन्द्रबाट नगरउपप्रमुखको उम्मेदवार हुन । दुवै जनाले वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवार सहित घरदैलो सँगै खेती किसानी गर्ने कृषकहरुलाई खेतबारीमा नै पुगेर भेटेका छन । भेटमा अधिकाशं किसानहरुले आफ्नो समस्या राखेका थिए । उनिहरुले बागलुङ नगरपालिकाले कृषि क्षेत्र र किसानको मर्मअनुसारका कार्यक्रम ल्याउन नसकेका कारण अबको नेतृत्वले कृषि क्षेत्रको परिवर्तनका निम्ती हरेक किसान आत्मनिर्भर बन्ने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए । बानपा ५ र ६ भएको विभिन्न टोलटोलका कार्यक्रममा सहभागी अधिकाशं मतदाताको माग बागलुङ नगरपालिकामा सुसासन कायम गर्नुपर्ने पहिलो प्राथमिकता रहेको बताएका थिए । घरदैलो कार्यक्रममा पुग्दै गर्दा नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठले हरेक जनताको सहभागितामा समुन्नत बागलुङ नगरपालिकाको सम्भव रहेका कारण सवैको साथ र सहयोगको खाँचो रहेको बताए । उनले कोख देखी शोक सम्मको यात्रामा सँगै रहने गरी अबको नेतृत्व गठबन्धनका दलका उम्मेदवारलाई दिनुपर्ने बताए । 
घरदैलो गर्दै नगरउप्रमुखका उम्मेदवार राजु खड्काले कृषिलाई आत्मनिर्भर गराउने आफुहरुको पहिलो अठोट रहेको बताए । यस क्षेत्रमा उत्पादन हुने बस्तुलाई बाह्र निर्यात गरेर आय आर्जन सँग जोड्नका निम्ती नगरपालिकाको तर्फबाट पहल थालिने उनको भनाई थियो । 
घरदैलो कार्यक्रममा वडा नं. ५ मा वडा अध्यक्षका उम्मेदवार फुलप्रसाद सापकोटा र वडा नं. ६ मा वडा अध्यक्षका उम्मेदवार र सदस्यहरुले बागलुङ नगरपालिकाको विकासका निम्ती गठबन्धनमा आवद्ध दलहरुलाई जिताउन आवश्यक रहेको बताए । बागलुङ नगरपालिकामा पाँच दलीय गठबन्धन सँग नेकपा एमाले र राप्रपाको गठबन्धनको मुख्य प्रतिस्पर्धा हुने छ । नगरप्रमुखका लागि नेपाली काँग्रेसको तर्फबाट श्रेष्ठ र नेकपा एमालेको तर्फबाट जनकराज पौडेल उम्मेदवार रहेका छन । अघिल्लो निर्वाचनमा पनि श्रेष्ठ र पौडेलको प्रतिस्पर्धा भएको थियो । पौडेलले एक कार्यकाल विताई सकेको हुँदा यसपाली जनताले कसरी मुल्याङ्कन गर्नेछन त्यो त निर्वाचन परिणाम आउनै बाँकी छ । दुवै पक्षले आफ्नो पक्षमा नतिजा आउने दाबी गरेका छन । 
 

प्रतिक्रिया