राष्ट्रिय जनमोर्चा बागलुङले एमसीसि र व्यथितिको विरुद्धमा जिल्लाभर विरोध सभा गर्ने भएको छ । जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलले एक विज्ञप्ती जारी पछिल्लो समयमा भएका महंगी, अनियमिता, भ्रष्टाचार, विभेदकारी लगायतको विरुद्धमा विरोध कार्यक्रम गर्न थालेको उल्लेख गरेका छन । आगमी असोज २० गते जिल्लाको ५२ स्थानमा विरोध प्रद्धर्शन गर्ने जिल्ला सचिव पोखरेलले जानकारी दिए । विरोद प्रद्धर्शनका लागि स्थान र प्रमुख वक्ता समेत टुङ्याएको छ । आगामी फागुन मसान्तसम्म सातौं बागलुङ जिल्ला सम्मेलन गरिने, त्यसलाई सफल पार्न पौष मसान्तसम्म टोल तहसम्म बैठक गरी आवश्यक निर्णय गर्ने, सदस्यता वितरण गर्ने, माघ १० गतेदेखि २९ गतेसम्म वडा स्तरका भेला गर्ने र फागुन १५ गतेभित्र पालिका तहका सम्मेलन गर्ने निर्णय भएको विज्ञप्ती मार्फत जानकारी दिईएको छ । जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीको प्रमख अतिथ्यतामा सम्पन्न बैठकमा जिल्ला समितिको तर्फबाट प्रस्तुत संगठनात्मक कार्ययोजना, आर्थिक कार्ययोजना र संघर्षका कार्यक्रम सम्बन्धी छलफल सर्वसम्मत पास गरेको थियो ।