बागलुङ- नेकपा एकिकृत समाजबादीको भातृ संगठन नेपाल दलित मुक्ति संगठन बागलुङको आईतबार प्रारम्भिक जिल्ला भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेपाल दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश विकले मुलुकमा धेरै राजनितिक परिवर्तन भएता पनि आर्थिक र सामाजिक रुपमान्तरण अझै हुन नसकेको बताए । उनले देशका हरेक परिवर्तनका लागि दलित आन्दोलन सार्थक भएको दाबि गरे । विकले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले कम्युनिष्ट आन्दोलनको नाममा धोका दिएर दलाल वर्गमा गएर सधै दलित वर्गका लागि हेपहा प्रबृति देखाएका कारण अबको आन्दोलन फरक शैलिको भएको बताए । विकले नेकपा एस समाजबादको बाटोमा लागेको हुँदा सवै दलित वर्ग एक भएर समाजबादको यात्रामा सहयात्रा गर्नुपर्ने बताए । ्
कार्यक्रममा नेपाल दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष कृष्ण नेपाली, नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला इन्चार्ज श्रीप्रसाद शर्मा, संगठनका केन्द्रीय उप–महासचिव होमबहादुर नेपाली, नेकपा एकिकृत समाजबादी बागलुङका अध्यक्ष लालबहादुर थापा, संगठनका सचिव रुद्र किसान र अनेरास्ववियुका उप–महासचिव राजन पराजुली लगायतले बोलेका थिए । कार्यक्रम संगठन बागलुङ संयोजक सुरज बोसेलको अध्यक्षता सुन्तली विकको स्वागत र कृष्ण संयोगको संचालनमा सम्पन्न भएको थियो ।
भेलाले सुन्तली वि.क.को अध्यक्षतामा ३५ सदस्यीय नेपाल दलित मुक्ति संगठन जिल्ला कार्यसमिति बागलुङ गठन गरेको छ । समितिको उपाध्यक्षमा झम्मरसिंह विक, नरेश विक, सचिवमा कृष्ण संयोग, उप–सचिवमा श्याम खाती र कोषाध्यक्षमा आदेश बोसेल रहेका छन । एकिकृत समाजबादीले जिल्लामा अन्य भातृ एवं जनबर्गिय संगठनलाई सक्रिय बनाउँदै गएको जिल्ला अध्यक्ष लालबहादुर थापाले बताए ।