काठमाडौ । नेपाली काँग्रेसको १५औं महाधिवेशन मंगलबार उम्मेदवारी दर्ताको समय थियो । त्यो समयमा केन्द्रीय नेतृत्वका लागि बागलुङबाट सहमहामन्त्री सहित १९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।
केन्द्रीय सहमहामन्त्रीमा गण्डकी प्रदेश सभा सदस्य एवं युवा नेता डिल्लीराम सुवेदीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । सुवेदी बागलुङ क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका थिए । नेपाल विद्यार्थी संघको तर्फबाट काठमाण्डौ शिक्षा क्याम्पसको स्ववियु सभापती बनेका सुवेदी नेविसंघको केन्द्रिय उपाध्यक्ष समेत बनेका थिए । उनि बागलुङबाट तेस्रो पटक महाधिवेशन प्रतिनिधि बनेका छन । उनि केन्द्रीय समितिमा पहिलो पटक उम्मेदवारी दिएका हुन । उनले आफ्नो उम्मेदवारीलाई नयाँ र पुरानो पुस्ताबीच पर्खाल खडा गर्ने नभई दुवै पुस्तालाई जोड्ने ‘सेतु’का रूपमा अघि सार्दै सहमहामन्त्री खुलातर्फ उमेदवारी दर्ता गराएका छन् । सुवेदीको राजनीतिक परिचय भने निर्वाचन र संगठनमा मात्रै सीमित छैन। उनी कांग्रेसभित्र अध्ययन, लेखन र वैचारिक बहसमा रुचि राख्ने नेताका रूपमा पनि चिनिन्छन्। कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणसँग सम्बन्धित सामग्रीको लेखन तथा सम्पादनमा उनको संलग्नता रहँदै आएको छ ।
्रप्रारारम्भिक जानकारी अनुसार पार्टीको केन्द्रीय सदस्यका लागि वर्तमान केन्द्रीय सदस्य जगदिशचन्द्र उपाध्यायले केन्द्रीय सदस्य खस आर्य तर्फ आफ्नो उम्मेदवारी दर्ता गराएका छन । उनि बागलुङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि बनेका छन भने बागलुङ काँग्रेसको सहसचिव, उपसभापती हुँदै दुई पटक सम्म सभापतीका लागि भिडेका थिए । उपाध्याय विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन । यसपटक पनि पुनः केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
केन्द्रीय सदस्यका लागि वर्तमान केन्द्रीय सदस्य चम्पादेवी खड्काले पनि आफ्नो उम्मेदवारी दर्ता गराएकी छन । उनले खसआर्य महिला तर्फ आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन । खड्का गण्डकी प्रदेश सभा सदस्य समेत हुन उनि यस अघि पनि केन्द्रीय सदस्य बनेकी छन ।
केन्द्रीय सदस्यका लागि टेकराज पौडेलले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका पौडेलले यस पटक पनि केन्द्रीय सदस्यमा आफनो उम्मेदवारी दर्ता गराएका हुन । नेविसंघ, नेपाल तरुणदलको केन्द्रीय समितिमा बसेर अनुभव समालेका पौडेल गत प्रतिनिधि सभाको निर्वाचनमा यसै क्षेत्रमा झिनो मतान्तरले पराजित बनेका थिए ।
वर्तमान केन्द्रीय सदस्य भिम बहादुर श्रीसले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । उनले केन्द्रीय सदस्य जनजाती खुल्ला तर्फ आफ्नो उम्मेदवारी रहने पिपुल खबरलाई बताए । श्रीस गत प्रतिनिधिसभाको निर्वाचमा बागलुङ क्षेत्र नं. १ को काँग्रेसको उम्मेदवार थिए । यसै क्षेत्रबाट पटक पटक महाधिवेशन प्रतिनिधि बनेका श्रीष विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन ।
केन्द्रीय सदस्यका लागि द्रोर्ण कुमार कुँवरले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन । बागलुङ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि बनेका कुँवर हाल गण्डकी प्रदेश सभा सदस्य समेत हुन । उनि बागलुङ क्षेत्र नं. २ को क्षेत्रीय सभापती हुँदै १४ औं महाधिवेशनमा जिल्ला सभापतीका लागि समेत भिडेका थिए । कुँवरले खुल्ला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन ।
केन्द्रीय सदस्कै लागि बागलुङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक मात्र संघिय सांसद रेणुका काउचा मगरले पनि आफ्नो उम्मेदवारी केन्द्रीय सदस्य जनजाती महिला तर्फ दर्ता गरेकी छन । उनि बागलुङ क्षेत्र नं. २ बाट सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेकी छन । काउचा गलकोट नगरपालिकाको उपप्रमुख समेत बनिसकेकी छन ।
केन्द्रीय सदस्यमा सहिद परिवारको तर्फबाट सहिद थिरबम मल्ल र माधवबम मल्लका छोरा मञ्जेशबम मल्लले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन । उनि बागलुङ क्षेत्र नं. २ बाट महाधिवशेन प्रतिनिधि बनेका छन भने उनि २०७४ सालको निर्वाचनमा प्रदेश सभाको उम्मेदवार बनेका थिए ।
केन्द्रीय सदस्यका लागि महाधिवेशन प्रतिनिधि हरि आचार्यले पनि आफ्नो उम्मेदवार दर्ता गराएका छन । उनले खुल्ला तर्फ आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
त्यसैगरी बागलुङ १ बाट महाधिवेशन प्रतिनिधि बनेका युवा नेता सुजन सापकोटा र उषा सापकोटाले पनि केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दताए गराएका छन छन । सुजनले गण्डकी प्रदेशको युवा तर्फमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन भने उषाले खुल्ला युवा तर्फ आफ्नो उम्मेदवारी दर्ता गराएकी छन । केन्द्रीय सदस्यमा युवा नेता सागर परियारले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन । बागलुङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि बनेका परियारले केन्द्रीय सदस्य दलित तर्फको खुल्ला कोटामा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
केन्द्रीय सदस्य गण्डकी प्रदेश खुल्ला तर्फ विष्णु पौडेल दारीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन । त्रिचन्द्र क्याम्पसको नेविसंघको इकाइ सभापती हुँदै काँग्रेसको महाधिवेशन प्रतिनिधि र नेपाल तरुणदलको केन्द्रीय सदस्य समेत बनेका पौडेलले केन्द्रीय सदस्य गण्डकी प्रदेश भुगोल तर्फ खुल्लामा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
केन्द्रीय सदस्य खुल्ला महिला तर्फ गण्डकी थापा अधिकारीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएकी छन । नेपाली काँग्रेस बागलुङको सचिव समेत रहेकी अधिकारी बागलुङ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि हुन ।
केन्द्रीय सदस्य एसिया प्यासिफिक क्षेत्रबाट डण्डपाणी कंडेल डिपीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । बागलुङको काठेखोलाका कंडेल लामो समयदेखी जापानमा बस्दै आएका छन । उनि नेपाली नेपाली जनसम्पर्क समिति जापानका निवर्तमान सभापती समेत हुन
लामो समय युरोपमा रहेर नेपाली कांग्रेसको संगठन निर्माणमा जुटेका युवा नेता शालिक गौतमले पार्टीको १५औँ महाधिवेशनमा युरोप क्लस्टर अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन । बागलुङ नगरपालिका ११ रायडाँडाका गौतम नेपाली जनसम्पर्क समिति बेल्जियमको सहमहामन्त्री र जनसम्पर्क समिति नेदरल्यान्ड्सको महामन्त्री हुँदै सभापति बनेर काम गरेको अनुभव उनीसँग छ ।
क। त्यसैगरी केन्द्रीय सदस्यका लागि पूर्ण बहादुर हमालले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बागलुङको काठेखोला गाउँपालिकाका हमाल लामो समयदेखी युरोपमा बस्दै आएका छन । उनले केन्द्रीय सदस्य युरोप कल्ष्टरबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
केन्द्रीय सदस्यको दलित महिला तर्फ दिलमायाँ रामदाम पौवीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन । गण्डकी प्रदेश सभा सदस्य समेत रहेकी पौवी काँग्रेस बागलुङको महाधिवेशन प्रतिनिधि हुन ।
केन्द्रीय सदस्य अल्पसंख्यक तर्फ अर्जुन शेरचनले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । उनि काँग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्य हुन भने क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि बनेका छन ।