☰
  • गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • समाज ,
  • बागलुङ

काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बागलुङबाट ३ जना मनोनित

  • असोज २०, २०८३

बागलुङ- आईतबार देखी नेपाली काँग्रेसको १५औं महाधिवेशन काठमाण्डौमा चलिरहेको छ । केन्द्रीय महाधिवेशनमा जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र पार्टीका केन्द्रीय सभापतीले मनोनित गरेका महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन । केन्द्रीय कार्यसमितिबाट मनोनित हुने महाधिवेशन प्रतिनिधिमा बागलुङबाट ३ जना मनोनित भएका छन । जिल्लाबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि र मनोनित महाधिवेशन प्रतिनिधिको नामावली काँग्रेसको महाधिवेशन अन्तरगत केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनका लागि प्रकाशित समेत गरिसकेका छ । नेपाली काँग्रेसको विधान २०१७(एघारौं संशोधन सहित)को धारा  ५१ १(क) बमोजिम सभापतीले मनोनित गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम बागलुङ क्षेत्र नं. १ बाट २ जना र क्षेत्र नं. २ बाट १ जना मनोनित भएका छन ।  मनोनित हुनेमा पार्वती आचार्य जगन्नाथ आचार्य, र भिमकुमारी क्षेत्री रहेका छन । 
पार्वती आचार्य नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य हुन । उनि नेपाल महिलासंघका केन्द्रीय सदस्य समेत बनेकी थिइन ।  बागलुङ नगरपालिका १ की आचार्य यस अघिल्ला महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भएकी थिइन । आचार्यले १५औं महाधिवेशनमा जिल्लामा आफ्नो उम्मेदवारी दर्ता गराएपनि पछि फिर्ता लिएकी थिइन । 
काँग्रेस बागलुङका जिल्ला कार्यसमिति सदस्य रहेका जगन्नाथ आचार्य १३औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि थिए । बागलुङ नगरपालिका ४ का आचार्यसँग नेपाल शिक्षक संघ, शिक्षक युनियन, नेपाल प्रेस युनियन लगायतका संस्थामा नेतृत्व समालेको अनुभव रहेको छ । आचार्यले विभिन्न सामाजिक संस्थामा पनि नेतृत्व समालेका छन । आचार्यले १५औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएता पनि पछि फिर्ता लिएका थिए । 
बागलुङ क्षेत्र नं. २ बाट भिमकुमारी क्षेत्री महाधिवेशन प्रतिनिधिमा मनोनित भएकी छन । ढोरपाटन नगरपालिका ५ की क्षेत्री अघिल्लो महधिवेशनमा क्षेत्रीय सदस्य रहेकी थिईन । २०७० साल देखी काँग्रेसको मुल राजनितिमा सक्रिय भएकी क्षेत्रीसँग विभिन्न संघ संस्थामा काम गरेको अनुभव रहेको छ । 
३ जना मनोनित सहित बागलुङबाट केन्द्रीय महाधिवेशनमा सहभागी हुने क्षेत्र नं. १ बाट  ४२ क्षेत्र नं. २ बाट ४४ जना कुल ८६ जना महाधिवेशन प्रतिनिधि हुने भएका छन । जिल्लाबाट केन्द्रीय कार्यसमितिका लागि भने डेढ दर्जन नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।  

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय