प्रचण्ड काँग्रेसको आगनमा कचौरा लिएर सिट माग्दैछन– प्रदिप ज्ञावली

  • साउन ३१, २०७९

बागलुङ- नेकपा एमालेका केन्द्रीय उप–महासचिव प्रदिप ज्ञावलीले  काँग्रेस माओबादी लगायतका दलहरुको गठबन्धन निति विहिन भएको बताएका छन । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञावलीले पाँच दलीय गठबन्धन र थपिँदै गएका दलको गठबन्धन निति विहिन भएको दाबी गरे । उनले कुनै निति र मुद्धा नमिल्ने विचको गठबन्धन केबल सत्ता प्राप्तीका लागि मात्र भएको बताए । ‘संघियताको विरोध गर्ने चित्रबहादुर केसीको राजमो पनि यही छ । १४ प्रदेश बनाउनुपर्छ भनेर माग राख्ने उपेन्द्र यादबको पार्टी पनि यही छ । ज्ञावलीले भने,–‘न यिनिहरुको मुद्धा मिल्छन न निति नै, यो गठबन्धन केबल सत्ता प्राप्तीका लागि मात्र हो । यसको हिसाब किताब जनताले गर्ने बेला आएको छ ।’ 
    ज्ञावलीले नेपाली काँग्रेस र नेकपा माओबादीका पनि कुनै एजेण्डा नमिल्ने बताए । उनले गठबन्धनका दलहरुको काम प्रति जनता आजित भएको हुँदा आउँदो मंसिरमा हुने निर्वाचनमा नेकपा एमालेलाई देशकै पहिलो राजनितिक शक्तिको रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । 
    ज्ञावलीले नेकपा एमाले सँग कुनै दल पनि एक्लै लड्ने आँट नभएरैे गठबन्धन गर्न लागेको बताए । ‘एमाले सँग लड्ने कसैको पनि आँट छैन, ज्ञावलीले भने,–‘हिजो एमाले भन्दा दोस्रो शक्ति भएको काँग्रेसको त आँट आएन माओबादी लगायतका साना दलको त कुरै छाडौं । फेरी बाबुराम, बामदेव पनि थपिन लाग्नुभएको छ । अहिले काँग्रेसको आगनमा बसेर कचौरा लिएर प्रचण्ड सिट माग्दै छन । यसरी नेपालको कम्युनिष्ट आन्दोलनमा समाजबादको यात्रा कसरी अगाडी बढ्लार खै ।’ उनले नेकपा एमाले सँग सामाना गर्न नसेकेर दाहिने हात प्रचन्ड र देब्रे हात माधवको काँधमा राखेर काँग्रेसले बल्ल बल्ल टेकोको छ भने माओबादी र नेकपा समाजबादी केही पाईहालिन्छकी भनेर पछि पछि लागेको जिकिर गरेका छन । 
    पुर्व पराराष्ट मन्त्री समेत रहेको ज्ञावलीले अहिलेको सरकारले नेपालको अर्थतन्त्रलाई धोस्त पार्नुका साथै संकटमा ल्याएको बताए । ज्ञावलीले नेकपा एमालेले आगामी निर्वाचनमा लोकतत्तको रक्षा, सुसासन लगायतका पाँच एजेण्डा लिएर निर्वाचनमा आउने बताए । 
    ज्ञावलीले  नागरिकता विधेयर राष्टपतीबाट फिर्ता हुनु स्वागत योग्य भएको र यसलाई पुन संसोधन गरेर मात्र अगाडी बढाउनुपर्ने बताए । ‘नागरिकता विधेयक राजनिति गर्ने विषय हैन ज्ञावलीले भने, राष्टपती ज्यूले संविधानले दिएको अधिकारको प्रयोग गर्नुभएको हो । यसलाई पुर्नविचार गरियोस, यो विषयलाई विवादमा ल्याउनु भन्दा पुन सोचेर सरकारले अगाडी ल्याउनुपर्ने हो ।’ उनले अहिले निर्वाचनको मिति तोकिएका कारण सरकार काम चलाउ सरकार भएका कारण कुनै ठोस निर्णय लिन नपाउने बताए ।  कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङ शाखाका अध्यक्ष नबिन शिशिर विकको अध्यक्षता उपाध्यक्ष सिर्जना पन्तको स्वागत र सहसचिव अर्जुन कार्किको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया