बागलुङ- नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित भएका छन् । कार्यबहाक अध्यक्ष समेत रहेका प्रतिस्पर्धि कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ३ सय २९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धि कृष्ण पाठकले २ सय २८ मत पाएका छन । अर्का प्रतिस्पधि मेहरसिंह पाईजाले ३४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक हरिप्रसाद शर्माले जानकारी दिए । उपाध्यक्ष र सचिवमा निर्विरोध भए सँगै अध्यक्ष उपसचिव खुल्ला सदस्य भुगोल तर्फको जिल्ला सदस्यमा निर्वाचन भएको थियो । उपसचिवमा गणेश बहादुर थापा र डम्मर श्रीस निर्वाचित भएका छनप । थापाले २ सय ९९ र श्रीसले २ सय २८ मत पाएका छन् । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो । उपसचिवमा उमेद्वारी दिएकी चित्रकला छन्त्यालले १ सय ५९, राम बहादुर जिसीले १ सय ६४, नेत्र बिष्टले १ सय १३ र प्रेम बहादुर लामिछानेले १ सय ७ मत पाएका छन । अध्यक्षमा बिजयी भएका युवा नेता केसी हाल प्रदेश कमिटि सदस्य हुन भने उनि जिल्लाबाटै विद्यार्थि राजनिति सुरु गरेर पाटी नेतृत्वमा स्थापित भएका हुन । धाैलागीरी बहुमुखी क्याम्पसकाे स्ववियु सभापति युवा संघको नेतृत्वमा हुँदा हाल पाटिको नेतृत्वमा आएका हुन ।
त्यसैगरी जिल्ला सदस्य खुल्लामा पनि निर्वाचन भएको थियो । २४ जना निर्वाचन हुनुपर्नेमा ३६ जनाको उम्मेदवारी परेकाे थियो । खुल्ला सदस्यमा अमर थापा (४२७), शेखर खड्का (३९७), रुद्र पौडेल (३८४), सम्पन्न श्रेष्ठ (३६८), अनन्त बहादुर खड्का (३६३), नेत्र बहादुर विष्ट (३५८), प्रेम लामिछाने (३५७), बालकृष्ण शर्मा (३५६), पुनम प्रसाद शर्मा (३५६), इश्वरलाल राजभण्डारी (३५५), पवित्रा रोका (३५३), लोकेन्द्र बहादुर के.सी. (३५३), भुपेन्द्र खड्का ३४३), शिव शर्मा (३४२), यम बहादुर श्रीस थापा (३४२), दिपक गौतम (३३३), रुद्र बहादुर महत क्षेत्री (३३२), सन्दिप खड्का (३२६), खिम बहादुर थापा मगर (३२१), प्रेम बहादुर केसी (३१९), चन्द्र गणेश (३१३), जित बहादुर क्षेत्री राजन (३११), कृष्ण अधिकारी (३०८) र खगेन्द्र पौडेल (३०६) निर्वाचित भएका छन । यस्तै भूगोल खुल्ला सदस्य (काठेखोला गाउँपालिका)मा खिम बहादुर कार्की (२५६) र खुम बहादुर भण्डारी (२४०) निर्वाचित भएको निर्वाचन समितिले जनाएकाे छ । अल्पसंख्यक खुल्ला सदस्यमा ढालेन्द्र शेरचन (३४०) र लाल बहादुर छन्त्याल (२५२) निर्वाचित भएका हुन । कुल ६३६ प्रतिनिधि मतदातामा ६०४ मत खसेको थियो ।