बागलुङमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी

  • माघ ४, २०७८

बागलुङ- पछिल्लो २४ घण्टामा बागलुङ जिल्लामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १३६ पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिए । जिल्लामा हाल सम्म कुल २८ हजार ४३२ जनामा गरिएको परिक्षण बाट ८ हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये मध्ये ७ हजार ८५१ जनाले कोरोना संक्रमणलाई जितेका छन । अहिले बागलुङ नगरपालिकामा ७७ जना, गलकोेट नगरपालिकामा २३ जना, जैमिनी नगरपालिकामा ४ जना, काठेखोला गाउँपालिकामा २ जना, बरेङ गाउँपालिकामा १३ जना, तमानखोला गाउँपालिकामा २ जना, ताराखोला गाउँपालिकाम ५ जना, बडिगाड गाउँपालिका ४ जना र बाहिरि जिल्लाका ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बागलुङ जिल्लाका कुल ८५ वडाहरु मध्ये ५ वटा वडा (बा.न.पा–१, २, ३, १३, बरेङ–५) ७ जना भन्दा बढि संक्रमीत रहेकाले उच्च जोखिममा छन् भने अन्य ३४ वडाहरु १ वा १ भन्दा बढी संक्रमीत रहेकाले मध्यम जोखिममा छन र बाँकी ४६ वडाहरुमा संक्रमीतको सङ्ख्या शून्य रहेकाले न्युन जोखिममा रहेका छन् । जिल्लामा कोरोना संक्रमणकै कारण हाल सम्म ७२ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया