माओवादी केन्द्र बागलुङ नगरका अध्यक्ष केसी द्धारा पार्टी परित्यागको घोषणा

  • चैत ७, २०७८

बागलुङ- नेकपा माओवादी केन्द्र बागलुङ नगरका अध्यक्ष इन्द्र केसी पारसले पार्टी परित्याग गरेको घोषणा गरेका छन । केसिले  सोमबार  एक प्रेस विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र पार्टीबाट अलग भएको घोषणा गरेका हुन । 

नेता केसीले आफू नेकपा माओवादीको सिद्दान्तबाट प्रभावित भई अहिले सम्म निष्टपूर्वक राजनीतिमा सक्रिय रहदै आएकोमा पाटीले जनताको जनभावना अनुसार काम गर्न नसकेका कारण आफुले परित्याग गरेको बताएका छन । उनले  पार्टी पुन विभाजन भएपनि आफू निरन्तर रुपमा माओवादीमै सक्रिय रहेपनि पुन माओवादीले पुन वर्गसंर्घषको मुद्दालाई छोडेको आरोप लगाएका छन । 

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले राष्ट्रियताको सावालमा खेलेको दोहोरो भूमिका र एमसीसी प्रकरणका कारण आजकै मितिदेखि माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछु’ विज्ञप्तीमा भनिएको छ ।

उनले माओवादीले जनयुद्धमा उठाएको मुद्दा विर्सदै गएको आरोप लगाउदै नेता केसीले आफू माओवादी केन्द्रको राजनीतिमा दृणतापूर्वक उभिदै आएपनि पार्टी सिद्धान्त विपरित जान थालेपछि पार्टीबाट अलग हुँने निर्णयमा पुगेको बताए । 
पार्टी परित्यागको विषयमा केसीले अहिले आफू विभिन्न पार्टीका नेता संग छलफल गरिरहेको बताए ।  ‘मेरो जीवनको उर्जाशिल दिनहरु यस पार्टीमा खर्चिएको कसैका लाभका लागि नभै समाज र परिवर्तनका लागि रहेको थियो, यस क्रममा म संग क्रियाशिल सबै सहयोद्दा कमरेडहरु प्रति मेरो कुनै गुनासो छैन’विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया