प्रहरीको अभियान तपाँइको मास्क खै ? 

  • असोज १८, २०७८

बागलुङमा प्रहरी दिवसको अवसर पारेर तपाईको मास्क खै ? अभियान संचालन गरिएको छ । आईतबार ६६ औँ प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको आयोजनामा बागलुङका मास्न नलाउनेलाई सचेत गराउदै मास्क वितरण समेत गरिएको थियो । 
मास्क वितरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्रिनाथ शर्माले कोरोनाको जोखिम अझै रहिरहेकाले सबैले मास्क लगाउनु पर्ने बताए । पछिल्लो समयमा बागलुङमा सर्वसाधारणबाट मास्क नलगाउने क्रम बढको छ । सबैले मास्क लगाउनु पर्छ भन्ने सन्देश दिनको लागी मास्क अभियान संचालन गरिएको शर्माले बताए । भन्छन् ‘ कोरोना भाईरसबाट बच्ने मुख्य बुटि भनेको नै मास्क हो, बजारमा अहिले कोरोनाको महामारी घटेको भएपनि कोरोनाको जोखिम उत्तिकै छ । सर्वसाधारणबाट मास्कको प्रयोग गर्न कम भएपछि हामीले मास्क अभियान संचालन गरेका हौँ ।’ प्रमुख शर्माले कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरे । नजिकिँदै गइरहेको बडादशैं स्वास्थ्य सुरक्षालाई ख्याल गरेर मनाउन पनि उनले आग्रह गरे । 
 

प्रतिक्रिया