बागलुङ- नेपाली काँग्रेस संचालन गरेको ‘घरघर जाऔं काँग्रेस जिताऔं’अभियान अन्तगरत यतिबेला पालिका तहमा प्रशिक्षणका कार्यक्रम संचालन भै रहेका छन । वडा तहमा रहेका अगुवा कार्यकर्तालाई आगामी निर्वाचनका कस्तो रणनिति बनाउने भन्ने विषयमा प्रशिक्षण भै रहेको छ । सोमबार जिल्लाको सवैभन्दा ठुलो पालिका बागलुङ नगरपालिकामा पनि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेपाली काँग्रेस नगर कार्यसमितिको आयोजना संचालित प्रशिक्षण कार्यक्रममा बागलुङ नगरपालिका अन्तरगतका १४ वटै वडाका नेतृत्व तहमा रहेका कार्यकर्ताहरुको सहभागिता रहेको नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा ‘बाबु’ले जानकारी दिए । सहभागी काँग्रेस कार्यकर्तालाई स्थानिय तहको निर्वाचनमा काँग्रेसको पक्षमा कसरी जनमत निर्वाचनमा मतदातालाई कसरी प्रशिक्षित गर्ने विषय प्रशिक्षण दिईएको थियो ।
प्रशिक्षण कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस बागलुङका पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, जिल्ला सचिव हरिहर शर्मा र जिल्ला सदस्य जगन्नाथ आचार्यले गरेका थिए ।
प्रशिक्षण कार्यक्रमको उदघाट गर्दै नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व सांसद गोविन्द प्रसाद शर्मा कंडेलले पार्टी भित्र अनुसासित ढंगले आफ्ना उम्मेदवारलाई जिताउनका लागि सवै कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । उनले अबको स्थानिय तहमा काँग्रेसको पक्षमा जनलहर आएका कारण अहिले नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु हतोस्साहित भएको बताए । कंडेलले काँग्रेस कार्यकता इमान्दार र कर्तव्य निष्ट भएर लाग्ने हुँदा अबको निर्वाचन सहजै जित्ने बताए ।
कार्यक्रममा काँग्रेस बागलुङका निवर्तमान सभापति दिपेन्द्र बहादुर थापा, काँग्रेस गण्डकी प्रदेश सदस्य एवं महाधिवेशन प्रतिनिधि कल्पना हमाल पाठक, जिल्ला सहसचिव ज्ञानु श्रीष शर्मा, क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेल लगायतले बोलेका थिए । कार्यक्रम नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबुको अध्यक्षता उपसभापति नारायण पौडेलको स्वागत र सचिव आशिक राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।