युवा व्यवसायी सचिन ढकाल ले पनि लिए समानुपातिक सुचि बाट नाम फिर्ता

  • पुस १९, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा रहेका सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै उक्त सूचीबाट नाम हटाउने निर्णय गरेका हुन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै ढकालले संविधानले परिकल्पना गरेको समानुपातिक निर्वाचन प्रणालीको भावना र मर्मको सम्मानस्वरूप यो निर्णय लिएको बताएका छन्। युवाहरूको सामूहिक नेतृत्वमा सुशासनसहित समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आवश्यक परे राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी लिन तयार रहेको जनाएका छन्।

उनले उद्यमशीलता प्रवर्द्धनमार्फत सामाजिक रूपान्तरण र देशको विकास सम्भव हुने धारणा राख्दै, त्यस दिशामा अग्रसर युवाहरूको प्रयासलाई सशक्त बनाउने आफ्नो चाहना रहेको बताएका छन्। साथै, आफूलाई समानुपातिक सूचीमा समेटेकोमा पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।

सचिन ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन्।

प्रतिक्रिया