बागलुङ अस्ट्रेलिया कम्यूनिटीको अध्यक्षमा विकास सापकोटा

  • साउन १०, २०७९

बागलुङ अस्ट्रेलिया कम्यूनिटीको चौथो अधिबेशनले बिकास सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अष्ट्रेलियालाई कर्मथलो बनाउदै आएका बागलुङ जिल्लावासीले सापकोटालाई अध्यक्षमा चयन गरेका हुन् ।
समितिका उपाध्यक्षमा दीपक अधिकारी, महासचिब सुमन बिस्ट, सचिब राजु के सी कोषाध्यक्ष मनोज अधिकारी र सदस्यहरुमा शक्ति आचार्य, लक्ष्मी सापकोटा न्यूरे, सुमन कुंवर, रामु रेग्मी, श्याम कुंवर र राजु चापागाईलाई चयन गरेको छ ।

अधिबेसनको सुरूवातमा संस्थाका संस्थापक अध्यक्ष एवं सन्चारकर्मी स्व टिका कार्की प्रति श्रद्धान्जली अर्पण गरिएको थियो । सामाजिक अभियन्ता एवं रेडियोकर्मी कार्कीको निधनपछि बागलुङ अष्ट्रेलिया कम्युनिटीको कार्यवाहक अध्यक्ष भएर सापकोटाले जिम्मेवारी लिएका थिए  । 

संस्थाका महासचिब दीपक अधिकारीले संचालन गरेको सो कार्यक्रममा कार्यबाहक अध्यक्ष सापकोटाले संस्थाको गतिबिधि तथा आर्थिक बिबरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष थमन कुंवरले अधिवेशन र बन्दसत्रका बारेमा प्रष्ट पारेका थिए । 
 

प्रतिक्रिया