पर्वतमा निर्माण भएको जिपलाईनको परिक्षण सफल

  • असोज २६, २०७८

पर्वत जिल्लाको कुश्मा बजारको छेउमै रहेको चाक्लेडिलमा अवस्थित विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइनको परीक्षण सफल भएको छ ।
सदरमुकाम कुश्मा नगरपालिका –५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४ सय मिटरको दूरीमा रहेको जिपलाइनको परीक्षण सफल भएको जीप लाइनका अध्यक्ष बिदुर पौडेलले बताए । पौडेलका अनुसार कालिगण्डकी नदीमाथि २ सय ५० मिटर अग्लो जिपलाइनबाट कालिगण्डकी नदीका दुई भाग पार गर्न सकिन्छ । स्थानी ९ जना व्यवसायीहरुले ‘द हार्नेस कम्पनी मार्फत १५ करोडको लागतमा यो जिपलाइनन निमार्ण सम्पन्न गरेका हुन । 
जिपलाइनको परीक्षण सफल भएसँगै पर्वतमा साहसिक पर्यटनको विकासकामा महत्वपूर्ण टेवा पुग्नेछ । यसैगरी हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाको रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक( समेत सञ्चालन गर्ने योजना बनाएको छ ।
कम्पनीका सञ्चालक राजकुमार बस्नेतका अनुसार पोखराबाट स्थलमार्ग हुँदै धेरै पयर्टक मुस्ताङसम्म जाने गरेको भएपनि अब उनीहरू पर्वतका पर्यटकीय गन्तव्यस्थलमा पर्यटकीय विकास हुनेमा विश्वास व्यक्त गरे । 
उक्त जिपलाइनको निर्माण भारतीय कम्पनी श्याम जिपलाइनले गरेको हो । नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । पर्वतको जिपलाइनमा एकै पटकमा दुईजनासँगै झुण्डिएर यात्रा गर्न मिल्ने  बनाइएको छ । उक्त यात्रा ६० देखि ९० सेकेण्डको समय अवधिभित्र पूरा भइसक्नेछ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने कप्पनीले जनाएको छ । 
कालीगण्डकी नदीको सतहबाट २ सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ ।
जीप लाईन संगै नेपालमै युनिक रिर्सोट पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । रिर्सोट संगै कालीगण्डकीमा जलयात्रा र रिर्सोट परिसरमा आधा दर्जन अन्य सहासिक खेल पनि सञ्चालन गर्ने योजना अघि बढाइएको छ ।  अहिले पनि कुस्मामा पर्यटकको बसाईको अवधी लम्बिन नसकेका कारण कम्तीमा पनि एक रात कुस्मामा राख्ने योजना कम्पनीको रहेको छ । रिर्सोट परिसरबाट मोदीबेणी सम्म एक घण्टा ¥याफटिङ्ग सञ्चालन गर्ने तथा रिर्सोटमा आधा दर्जन सहासिक खेल र स्विमिङ्गपुल समेत निर्माण गरिएको छ । रिर्सोटमा १ सय ५० जना राख्न सक्ने क्षमता रहनेछ ।
 

प्रतिक्रिया