जेठमा निर्वाचन गर्ने गरी सरकारको तयारी – मन्त्री पौडेल

  • माघ २३, २०७८

बागलुङ- नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले जेठमा स्थानिय तहको निर्वाचन गर्ने गरी गृहकार्य गरेको बताएका छन । प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आईतबार बागलुङ सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकार निर्वाचन आयोग सँग समन्वय गरी आगामी जेठमा स्थानिय तहको चुनाव गर्न तयारीमा रहेको । उनले सोमबारको मन्त्रीपरिषदको बैठक पश्चात सरकारले निर्वाचनको मिति तोक्ने सम्भावना समेत रहेको जानकारी दिए । 
    ‘कानुनत अब एक वर्ष भित्रैमा तीनै तहको चुनाव गर्नु पर्छ, मन्त्री पौडेलले भने,–‘ तिनै तहको निर्वाचन एकै पटक सम्भव नभए पछि जेठमा स्थानिय तहको निर्वाचन गर्नपर्ने अवस्था सिर्जना भएको छ । यसका लागि सरकार निर्वाचन आयोग सँग छलफल गरेको छ । निर्वाचन आयोगले चुनावको तयारी ग¥यो भने सरकार चुनावमा जान तयार भएको छ ।, 
‘चुनावको पाँच वर्ष समयावधीको दुई महिना पहिलेनै जनप्रतिनिधि खाली नहुने गरि चैत ५ मै चुनाव गर्नु पथ्र्यो, त्यसका लागि निर्वाचन आयोगले सिफारिस गरेन, तीन पटक चुनाव भएको थियो, कुन समयलाई सकिएको मिति मान्ने भन्ने पनि केही कन्फ्युज भयो,’ पौडेलले थपे–‘तीनै तहको एकै पटक चुनाव गराउँ भन्ने छmलफल पनि चलेको हो, तर पछि यो चुनाव सार्ने भन्ने कुरा बेठिक हुन्छ भनेपछि जेठमै चुनाव गर्ने भनिएको छ ।’

अहिलेको गठबन्धन निर्वाचन सम्म कायम 
    उनले तिन वटै चुनावबाट परिणाम नआउँदासम्म अहिलेको गठबन्धन रहीरहने बताए । पौडेलले गठबन्धनमा भएका सिनियर नेताहरुको अहिलेसम्मको प्रतिबद्धता तिन वटै तहको निर्वाचन सक्ने समय सम्म गठबन्धन रहेको बताए । यो गठबन्धन लामो समय सम्म टिक्ने छ , गठबन्धनकै नेतृत्वमा तीनै तहको चुनाव हुन्छ मन्त्री पौडेलले भने । प्रतिपक्षबाट गठबन्धनलाई भत्काउने विगार्ने गरी रचेको सयन्त्रले गठबन्धन नविग्रने उनको जिकिर थियो । 
भर्खरै एमसीसी पास हुँदैन
मन्त्री पौडेलल अहिलेको अवस्थामा एमसीसी पास नहुने बताए । उनले यस बारे गठबन्धनमा दुई वटा धारणा प्रस्ट भएको समेत बताए । एमसीसी र चुनाव एकै पटक नलैजाने भन्दै चुनाव सकिएपछि राष्ट्रिय सहमति कायम गरेर जानु पर्ने उनको भनाई थियो । ‘एमसीसी यथास्थितीमा पास हुने अवस्था पनि छैन, सदन पनि चलेको छैन, गठबन्धनमा दुई वटा धारणा प्रस्टै छन्, एउटै दल भित्र पनि एउटै धारणा छैन,’ मन्त्री पौडेलले भने,– ‘त्यसले गर्दा एमसीसी र गठबन्धनसँगै लैजाने नगरेर चुनाव सकिएपछि, राष्ट्रिय सहमति कायम गरेर, सदन भित्र भएका सबै दलहरुसँग सहमति गरे अगाडी बढाइनु पर्छ ।’ 
संघिय शिक्षा ऐन अब संसदमा पेश हुन्छ 
    मन्त्री पौडेलले संघिया शिक्षा ऐन मन्त्रालयको तर्फबाट तयारी भएको र अब संसदमा फेस गर्ने अवस्थामा पुगेको जानकारी दिए । उनले तिन तहकै शिक्षा ऐन तयारी भएको र अहिले कानुन र अर्थमन्त्रालयमा पुगेको र त्यहाँबाट पास भए सँगै संसदमा पेश गरिने बताए । उनले शिक्षकको दरबन्दी मिलानका लागि नियमवली बनाएर अहिले १८ हजार शिक्षकको पदपुर्तिका लागि काम अगाडी बढाईएको बताए । 
    पौडेलले अबको केही दिनमा नै ४ देखी १२ वर्षका बालबालिकाका लागि कोरोना विरुद्धको खोप ल्याउने र सवै बालबालिका समक्ष खोपको पहुँच पु¥याउन शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालय सँग समन्वय गरेको बताए । ‘सरकारले चैत्र सम्ममा सवै नागरिकका लागि खोप लगाउने भन्ने लक्ष्य लिएको छ मन्त्री पौडेलले भने–‘अब बालकालिकाका लागि पनि विश्व स्वास्थ्य संगठनले तयार पारेको अवधारणा अनुसार खोप ल्याउने छौ र पुरा गर्नेछौं । 
सवै स्थानिय तहमा प्राविधिक शिक्षा
    मन्त्री पौडेलले देशका सवै स्थानिय तहमा प्राविधिक शिक्षा पु¥याउने सरकारको लक्ष्य रहेको बताए । उनले ७ सय ५३ स्थानिय तहमा नै प्राविधिक शिक्षाको पठनपाठन गर्ने र स्वरोजगार मुलक शिक्षा प्रदान गर्ने योजना बनाएको बताए । मन्त्री पौडेलले आईतबार नै बागलुङका स्थानिय तह प्रमुख र कार्यालय प्रमुख सँग छलफल गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रम प्रेस सेन्टर बागलुङका उपाध्यक्ष सञ्जनकुमार सिंहकाे अध्यक्षता गण्डकी प्रदेश उपाध्यक्ष राम थापा अविरलको स्वागत र जिल्ला सचिव अनिश खातीको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया