बागलुङ- बागलुङमा क्रियाशिल पत्रकारद्वय राम थापा अविरल र तारानाथ आचार्य पुरस्कृत भएका छन् । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले आइतवार एक समारोहका बीच उत्कृष्ठ पत्रकारिता गरेको भन्दै पत्रकारहरु थापा र आचार्यलाई कालिका पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
दुवै जना लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । गुठीले ५ हजार नगद र प्रमाण पत्र सहित दुवै जनालाई पुरस्कृत गरेको हो । कार्यक्रममा पुरस्कृत पत्रकार राम बहादुर थापाले कालिका मन्दिर जिल्लाको पर्यटकीय र धार्मिक गन्तव्य भएकोले पत्रकारिता मार्फत धेरै प्रचार भएको बताए । उनले प्रचारकै कारण पनि धेरै भक्तजन आउने, कालिका भगवती प्रतिको विश्वास बढ्ने भएको बताए ।
आगामी दिनमा पनि पत्रकारले नियमित समाचार लेखेर कालिकाको प्रवद्र्धनमा साथ दिने बताएका थिए । कार्यक्रम कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा, स्वागत सचिव भरत खड्काले र संचालन गुठीका कार्यालय प्रमुख तारा शर्माले गरेका थिए ।