बागलुङ। बागलुङ नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाको सरुवा भएको छ । सापकोटाको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो ।
विगत १५ महिना देखी नगरपालिकामा कार्यरत सापकोटाको आईतबार नगरपालिकाले एक कार्यक्रम सहित विदाई गरेको छ । फेरी भेटौला कार्यक्रम सहित सापकोटालाई फुल माला र सम्मान सहित विदाई गरिएको हो । विदाई कार्यक्रममा बोल्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सापकोटाको आगामी दिनमा अझै सफलताको कामना गरको थिए ।
उनले नगरपालिकाको विकासका निम्ती कार्यालय प्रमुख भएर खेलेको भुमिका बागलुङ नगरबासीले कहिलै नभुल्ने बताए । ‘हामी चाहेका थियौं हाम्रो कार्यकाल सवै उहाँ सँगै काम गर्न पाईयोस, उहाँको मार्गनिर्देशन बमोजिक नगरलाई समृद्धि बनाउन पाईयोस, नगरप्रमुख श्रेष्ठले भने–‘तर हामी आएको एक वर्ष नपुग्दै उहाँको सरुवा भयो । सरुवा बढुवा भनेको नियमित प्रक्रिया हो यसलाई सवैले स्विकार्नु प¥यो ।’ श्रेष्ठले सापकोटाले नगरपालिकाको समुन्नत विकासका लागि महत्वपुर्ण भुमिका खेलेका बताए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बागलुङ नगरपालिकामा जनप्रतिनिति कर्मचारी सँगको सहकार्य र साथ कहिलै नभुल्ने बताए । उनले नगरको विकासका निम्ती आफु जहाँ रहेपनि सहयोग निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नगरप्रमुख राजु खड्का, शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेल लगायतले शुभकामना दिएका थिए । कार्यक्रम नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता प्रशासकिय अधिकृत भिमसेन पन्तको संचालनमा सम्पन्न भएको थिए । नगरपालिकामा केही वर्ष पहिले प्रशासकिय अधिकृत भएर काम गरेका हरिदत्त कंडेल पुनःसरुवा भएर आउने जनाईएको छ ।