पोखरा- गण्डकी प्रदेशको मन्त्रिपरिषद आज फेरबदल हुने भएको छ । बुधबार दिउसो मन्त्रिपरिषद फेरबदल हुने भएको हो । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एमाले र काँग्रेसका सांसदहरुलाई सहभागी गराएर मन्त्रीपरिषद फेरवदल गर्न लागेका हुन् । एमालेले नयाँ मन्त्री परिषदमा प्रमुख सचेतक गोविन्द वहादुर नेपालीलाई भौतिक मन्त्रालय र भीम कार्कीलाई स्वास्थ्य मन्त्रीमा पठाउने टुंगो लागेको छ । अन्य २ को छलफल जारी छ ।