म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु - शेरबहादुर देउवा

  • साउन २८, २०८३

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू नागरिक बनेर स्वदेश फर्किएको बताएका छन् । ५ महिनाभन्दा बढी लामो समय विदेश बसाइपछि स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै भनेका छन्, 'म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु ।'

देउवाले सार्वजनिक जीवनमा पदमा बसेर काम गर्दै जाँदा विभिन्न आलोचना, प्रत्यालोचनाहरू हुनु स्वाभाविक रहेको पनि जनाएका छन् । मैले सधैँ भन्ने गरेको छु मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरी मानी काम गरेको छु । कानुन र नीति विपरित कुनै काम गरेको छैन । मेरो जीवन खुला किताब हो । म प्रतिज्ञा गर्दछु अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हीत, संविधान कानुन र नैतिकता मूल्य मान्यताअनुरुप काम गर्नेछु र यी विषयमा कुनै कसैसँग मेरो सम्झौता हुन सक्दैन,' देउवाले भनेका छन् । 

पाँच महिना लामो स्वास्थ्य उपचार सकेर 'पुण्यभूमि' मा फर्कन पाउँदा आफ्नो हृदय गहिरो भावनाले भरिएको देउवाले जनाएका छन् । 'हिमालका शिखर, पहाडका हरियाली हराभरा र तराईका विशाल मैदानहरूले मलाई पुनः आफ्नै घरतर्फ बोलाएका छन्। सर्वप्रथम मेरो स्वास्थ्य बारे चासो, चिन्ता राख्ने र स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु,' उनले भनेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय