डोटीमा पहिरोले आठको मृत्यु, एक बेपत्ता 

  • कार्तिक २, २०७८

डोटीमा पहिरोमा परेर आठजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिकामा पाँच र सायल गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो । 

जोरायल– ३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोले घर भत्काउँदा च्यापिएर मृत्यु भएको छ । ४ का ४२ वर्षीय शेरबहादुर विक र उनका तीन छोराछोरीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा शेरबहादुरका १८ वर्षीय छोरा मोहन, १६ वर्षीय रविन र १३ वर्षीया छोरी पवित्रा विकको मृत्यु भएको छ । 

यस्तै, सायल– ६ खातिवडाको अलैतवडाका १४ वर्षीय सागर कुन्जेडा र ११ वर्षीय आशिष कुन्जेडाकाे पनि पहिरोले मृत्यु भएको छ । उनीहरू सबै सुतिरहेका वेला आएको पहिरोमा परेको डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिए । 

शिखर नगरपालिका– ११ की ३५ वर्षीया मन्धरा बलायरको पहिरोको ढुंगाले लागेर मृत्यु भएको छ । सायल गाउँपालिका– १ का ६४ वर्षीय वीरे रोकाया छत्रेखोलामा बाढीले बगाएर बेपत्ता भएको विष्टले जानकारी दिए । 

डोटी प्रहरीका सहप्रवक्ता रवीन्द्र चन्दले पहिरोका कारण थुप्रै घर भत्किएको जानकारी आए पनि यकिन विवरण प्राप्त हुन नसकेको बताए ।

प्रतिक्रिया