• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • अर्थतन्त्र

जैमिनी नगरपालिकाको बजेट ७६ करोड ८८ लाख

  • असार ८, २०८३

नारायण रिजाल बागलुङ-     जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ७६ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  नगरपालिकाको १९औं नगरसभामा नगर उपप्रमुख हरिहर शर्माले उक्त बजेट प्रस्तुत गरेका छन ।
नगरपालिकाले आगामी वर्षको बजेटको प्राथमिकतामा पूर्वाधार विकासलाई नै राखेको छ । नगरको  विकास योजनाको दिर्घकालिन सोच, लक्ष्य र उद्देश्य सार्जजनिक भवनहरु, सिंचाई लगायतका पूर्वाधार विकासमा ११ करोड ८२ लाख ९१ हजार ४ सय ४२ रुपैयाँ विनियोजन गरिएको उपप्रमुश शर्माले जानकारी दिए ।  दिगो र वातावरण मैत्री पुर्वाधार, जैमिनी नगर समृद्धिको आधारको नारा साथ नगरक्षेत्रका १३ वटा दिगो सडकहरुका लागि बाहै्र महिना संचालन र स्तोरोन्नतीका निम्ती १०  लाखका दरले १ करोड ३० लाख रुपैयाँ विनियोजना गरिएको छ । 
पुर्वाधार विकास तर्फ नै संघिय सरकारको समपुरकमा साझेदारी सहित कालिगण्डकी करिडोर कुश्मिसेरा, दमके बनहुँ गाजादह मध्यपहाडी लोकमार्ग सडकका लागि ७० लाख बजेट विनियोजन गरिएको छ भने प्रदेश समपुरकको साझेदारीमा न्यार ढिक धुल्लु विहारथला सडकमा लागि १ करोड २० लाख रुपैयाँ विनियोजना गरिएको छ । 
बजेटमा सामाजिक विकास तर्फ कुल ५ करोड ६६ लाख ९३ हजार ५५८ रुपैयाँ रकम विनियोजन गरिएको छ । जसमा लिड विद्यालय, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र प्र.अ.हरुका लागि थप प्रोत्साहनलाई निरन्तरता दिँदै १ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले उत्कृष्ट वर्ष विद्यालय उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनका निम्ती समेत बजेट व्यवस्थापन गरेको उपप्रमुख शर्माले बताए । 
नगरपालिकाले स्थापना गरेको जैमिनी नागरिक स्वास्थ्य उपचार कोषलाई थप प्रभावकारी बनाउन यस वर्ष ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी लैङ्गित समानता तथा सामाजिक समावेशिकरण कार्यक्रमका निम्ती आवश्यक बजेट विनियोजन भएको छ । 
नगरपालिकाले आर्थिक विकास तर्फ १ करोड ८८ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा जैमिनीको शान परिचययुक्त किसान, निःशुल्क नश्ल सुधार दुग्द उत्पादन कार्यक्रम, हरेक खेतमा सिंचाई हरेक किसानमा संमृद्धि, किसानका लागि निःशुल्क कल सेवा जस्ता कार्यक्रम अगाडी सारेको छ । नगरपालिकाको चर्चित कार्यक्रमको रुपमा  रहेको सेरा जाउँ केरा खाउँ कार्यक्रमलाई पनि यस वर्ष निरन्तरता दिँदै १२ लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाले गाउँ फर्कौ, आफ्नै गाउँ बनाऔंँ कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरउपप्रमुख शर्माले जानकारी दिए । 
वन वातावरण र भुसंरक्षण तथा विपद व्यवस्थापनका निम्ती ६१ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । जैमिनी नगरपालिकाको सुसासनमा जोड दिई कार्यक्रमहरुको प्रभावकारी तथा गुणस्तरीय कार्यान्वय तथा संस्थागत विकासका निम्ति ४९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिका भित्र कार्यान्वयन हुने विभिन्न अन्तर सम्बन्धित विषयहरुको कार्यान्वयका लागि १ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरपालिकालाई वातवरणमैत्री बनाउने र लोपउन्मुख बृक्षहरुको संरक्षण एवं पर्यावरणी अनुकुलनका लागि १०००८ बरपिपल समी विरुण रोपण अभियानका निम्ती ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसमा खानेपानीका मुहान कुवा, चौचार,ि र सार्वजनकि पोखराी समेत निर्माण गरिने भएको छ । 
दिगो वातावरणमैत्री विकास कार्यक्रम, आधारभुत स्वास्थ्य सेवा र गुणस्तरी शिक्ष सुनिश्चत गर्ने, नगर स्तरमा नै उत्पादन र रोजगारी सिर्जना गर्ने , नगरपालिकामा हुने आवश्यक न्युनतम पुर्वाधार तयार गर्ने, समानुपातिक र सन्तुलित विकासका कार्यक्रम संचालन गर्ने सुशासन प्रवद्र्धन हुने कार्यक्रमहरु संचालन गर्ने, मानवहि र बालमबालिका मैत्री कार्यक्रम संचालन गर्ने साथै अन्तर निकाय अन्तर सम्बन्धित क्षेत्र र निजी क्षेत्र परिचालन एवं सहकार्य हुने कार्यक्रमहरु प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको उपप्रमुख शर्माले बताए । नगरपालिकाले जैमिनीकी छोरी कार्यक्रमका लागि पनि आवश्यक बजेट विनियोजन गरेको छ । 
नगरपालिकालले तीन÷चार वर्षदेखि नै आवास नभएकालाई घर बनाइदिने, सुकुमवासी व्यवस्थापन, अव्यवस्थित बसोबासीलाई उचित व्यवस्थापनको काम गर्दै आएको थियो । आगामी वर्षभित्रै ती सबै समस्या समाधान गर्ने गरी नीति र कार्यक्रम तथा सो कार्य सम्पन्न गर्न बजेट समेत व्यवस्थापन गरेको हो । आवासविहीनका लागि घर बनाउन नगरपालिकाले ३१ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको छ । त्यस्तै खरका छाना बिस्थापित गर्ने योजनाकालागि ४ लाख ५० हजार  बिनियोजन गरेको छ । पछिल्ला केही वर्षदेखि नै खरका छाना भएका परिवारलाई जस्ता पाता खरिद गरेर दिने गरेको छ ।
नगरपालिकाले चालु तर्फ  १२ करोड ६५ लाख रुपैयाँ विभिन्न खर्च शिर्षमा खर्च हुने गरी विनियोजन गरेको छ । 
नगरपालिकाले आगामी आर्थिक वर्षका निम्ती संघिय सरकारको राजश्व बाँडफाँड कार्यक्रम मार्फत ९ करोड १७ लाख ९ हजार रुपैयाँ, संघिय सरकारको वित्तिय समानिकरण अनुदानमा ११ करोड १३ लाख रुपैयाँ, चालु तथा पुँजीगत तर्फ ४२ करोड ५४ लाख रुपैयाँ, समपुरक अनुदात तर्फ २ करोड तिन लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । 
प्रदेश सरकार राजश्व बाँडफाँड तर्फ १ करोड १ लाख नौ हजार रुपैयाँ, वित्तिय समानिकरण अनुदानमा १ करोड ४२ लाख २२ हजार रुपैयाँ, प्रदेश सरकार समपुरक अनुदान ६० लाख रुपैयाँ, विशेष अनुदान ४० लाख रुपैयाँ, सडक बोर्ड नेपालको ६० लाख रुपैयाँ र गत आवको मौज्दात ५ करोड ४१ लाख १० हजार रुपैयाँ र आन्तिकरि श्रोत राजश्वय विभिन्न शिर्षकको १ करोड ५५ लाख ५० रुपैयाँ आयको रुपमा अनुमान गरिएको छ । 
सोमबार नै नगरप्रमुख नरबहादुर पुनले निती तथा कार्यक्रम प्रस्तुत भएपश्चता त्यसको छलफल पछि बजेट प्रस्तुत गरिएको हो । 

प्रतिक्रिया