गठबन्धनका दललाई जिताउन एमाले छाडेर माओबादी प्रवेश गरे अर्याल र शर्मा 

  • ब‌ैशाख १५, २०७९

छविलाल पाण्डे, बागलुङ - ढोरपाटन नगरपालिकामा पाँच दलिय गठवन्धनका उम्मेदवारलाई जिताउनका निम्ती नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन । बुधबार बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
दशवर्षे जनयुुद्द र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको बताएका छन् । २०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता माओवादीले लडेर ल्याएको बताउँदै त्यसको बचाउका लागि पुरानै घरमा फर्किएको ददिराम अर्यालले बताए । ‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियाबादीले उल्टाउन खोजेका छन’ अर्यालले भने, ‘ युद्दको विरासत जोगाउन हामी माओवादीमै फर्किएका हौं ।’
पाँच दलिय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार भएको छन् । पश्चिम बागलुङको वामपन्थी आन्दोलनमा महत्वपुर्ण भूमिका खेलेका उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि गठवन्धनमा माओदीका उम्मेदवारको पक्षमा थप जनमत वढेको भन्दै स्थानिय कार्यकर्ता उत्साहित भएका छन् ।
अर्याल र शर्माले ढोरपाटनलाई समृद्धि र विकास गर्नका निम्ती आफुले जिताएको मेयर असक्षम भएको बताउँदै पाँच दलिय गठवन्धनले उठाएका उमेद्वारले ढोरपाटनको मुहार फेर्नुपर्ने बताए ।  नेता तुल्सीराम अर्यालले गठवन्धनका माग सुरुवाती चरणदेखि जायज रहेको बताउँदै जनताले निर्वाचित गराएको जनप्रतिनिधी शासक वन्दै गर्दा जनताले नै लत्याउनु पर्ने बताउँदै निर्वाचनको सम्मुखमा आर्थिक प्रलोभन तथा पार्टीको सिद्धान्त र पाँच दलीय गठवन्धनको आवस्यकतालाई न विर्सन आग्रह गरे । 
नेता ददिराम अर्यालले वोल्दै गठवन्धनको जित सुनिश्चित भइसकेको बताउँदै आर्थिकमा नविकी स्वच्छ तरिकाले गठवन्धका उमेदवारलाई विजयी गराउँदै समृद्ध ढोरपाटन निर्माणमा लाग्नुपर्ने बताए । 
 कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचनले वोल्दै जनताको अधिकार स्थापित गर्नका निम्ती गठवन्धन भएको बताउँदै जसरी पनी गठवन्धनका उमेद्वारलाई निर्वाचित गराउने गरी होमिन आग्रह गर्दे पाँच बर्षसम्म जनताको मन जित्ने गरी गठवन्धन कायम रहने बताउँदै गठवन्धन अन्र्तगत सबै पार्टीबाट स्वतन्त्र उमेद्वारी दिनुभएका साथिलाई उमेद्वारी फिर्ता लिन आग्रह गर्दे अगाडी बढ्नुपर्ने बताए । 
ढोरपाटन नगरपालिकामा मेयर पदका गठबन्धनका दल नेकपा माओबादीबाट चन्द्रलाल अर्याल र उपप्रमुखमा धनबहादुर कायत रहेका छन । 
 

प्रतिक्रिया