बागलुङ- बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समितिको महत्वपुर्ण भुमिका हुने बताएका छन ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघ बागलुङ नगरकार्य समितिको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले विद्यालयका हरेक गतिविधि सुधारका निम्ती अभिभाव र व्यवस्थापन समितिनै जागरुक हुनुपर्ने बताए । विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षकले मात्र केही गर्न सक्छन जस्तो लाग्दैन । यहाँ अभिभावक व्यवस्थापन समिति र विद्यार्थीको पनि उत्तिकै भुमिका हुन्छ । नगरप्रमुख श्रेष्ठले भने,‘ बागलुङ नगरपालिकाका हरेक सामुदायिक विद्यालयको अवस्था हामी हेरीसकेका छौं । यसलाई कसरी सुधार गर्न सकिन्छ सवै छलफल गरेर लागौं ।
उनले बागलुङ नगरपालिकाको बालमैत्री अभियानलाई सफल पार्नका लागि सवैको सहयोग खाँचो रहेको र विद्यालयमा सोही अनुसारका पुर्वाधार निर्माण गर्नका सल्लाह र सुझावको पनि आवश्यक रहेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सवै तह लाग्नुपर्ने बताए ।
कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गण्डकी प्रदेशका अध्यक्ष टिकाराम थापाले शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय ,बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल, शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गंगा शर्मा, विद्यामन्दिर माविका प्रअ शान्तमणी ढकाल, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
भेलाले विद्यामन्दीर व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षतामा नगर कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विष्णु कुमारी शर्मा विजुलन, सचिवमा शान्ता नेपाली, कोषाध्यक्षमा सदिक्षा खड्का चयन भएका छन । समितिको सदस्यमा कमल बोहोरा,गंगा कँडेल, सरस्वती सार्की, नन्दकली शर्मा, विक्रम शाक्य, आशा पाईज र रविलाल किसान चयन भएका सामुदायिक विद्यालय व्यवस्थापन समिति बागलुङका जिल्ला अध्यक्ष भवानी प्रसाद रिजालले जानकारी दिए । समितिको चार सदस्य नगरका सवै वडाको प्रतिनिधित्व हुने गरि पछि थप गरिने जनाइएको छ ।
सामुदायिक विद्यालयलाई थप व्यवस्थापनका लागि एक जुट हुनका लागि जिल्लाका सवै स्थानिय तहमा समिति गठन गरिने जिल्ला अध्यक्ष रिजालले बताए । कार्यक्रम सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङका अध्यक्ष भवानी प्रसाद रिजालको अध्यक्षता बाबुलाल शाक्यको स्वागत र उषा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।