बागलुङ - बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । सात जनाको घटनास्थलमा र दुईको उपचारका लागि बुर्तिवाङ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा २६ जना घाईते भएका छन । रुकुम पश्चिमबाट सोमबार विहान साढे ११ बजे काठमाण्डौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस निसीखोला गाउँपालिका—६ जाउलेपानी भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुने अधिकाशं रुकुमकै छन । मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक मदन केसीले जानकारी दिए । घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको उनले बताए । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धवलागिरि अस्पताल बागलुङमा ‘रेफर’ गरिएको थियो ।
२६ जना घाईते
दुर्घटनामा रुकुमपश्चिम मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्रजङ्ग सेन, आठबिसकोट नगरपालिका–१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मी मदाने गाउँपालिका–१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुमपश्चिम मुसिकोट नपा–३ का ६५ वर्षीय हर्कबहादुर केसी, बोतलिवाङ–७ का ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मी मालिका गाउँपालिका–१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका–८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुम पश्चिमका २२ वर्षीय टीकाराम विक, सोही ठाउँकी लक्ष्मी पुनमगर, बोतलिवाङ–११ की २२ वर्षीया सविना पुनमगर, रुकुमपश्चिमका ३८ वर्षीय हेमराज केसी घाइते भएका छन् ।
यसैगरी, रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ का २४ वर्षीय गणेश खड्का, काठमाडौँ टोखा नगरपालिका–३ की २३ वर्षीय सृष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–३ का २८ वर्षीय आविष्कार धराला, रुकुमपश्चिम मुसिकोट–३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी ज्ञानु ढकाल, ललितपुर महानगरपालिका–१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट–४ की ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुनमगर, ५५ वर्षीया लीला केसी, ३० वर्षीय सशिराम खड्का, १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका–३ का ६० वर्षीय हर्कबहादुर जिसी, सानोभेरी गाउँपालिका–१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय हेमराज केसी मुसीकोट नगरपालिकाका २१ बर्षिय सोभा थापा र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका–२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।
बसमा सवार ३५ जना मध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङमा उपचार भै रहेको र उनिहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये ५ जनाको
साँझ परिरहेको र बस खोचमा खसेको हुँदा घटनास्थलमा उद्धारका लागि निकै कठिनाई भएको थियो । बस मध्यपहाडी लोकमार्ग देखी अन्दाजी १ सय ५० मिटर तल खसेको थियो । बस सडकको घुम्तीबाट तल झरेको हुँदा अनियन्त्रीत भै दुर्घटना भएको प्रहरील अनुमान गरेको छ ।