बागलुङ - बागलुङ जेसीजले आयोजना गरेको अर्ना जेसीज कप फुटवल प्रतियोगितामा नेपाली सेनाको श्री मेयर गण बागलुङ र विर गोर्खाली युवा क्लब फाईनलमा पुगेका छन । बागलुङको बाङेचौर खेल मैदानमा जारी फुटबलमा यि दुई टिम फाईनलमा पुगेका हुन । कालीपुल युनाइटेड क्लब बेनी लाई हराउँदै श्रीमेयर गण र चिल्ड्रेन लाईफलाई हराउँदै विरगोर्खाली फाईनलमा प्रवेश गरेका हुन ।
विहिबार भएको पहिलो खेलमा श्रीमेयर गणले १–० गोल गर्दै कालीपुलाई निराशा बनायो । श्रीमेयरको जितमा विशम राईले १ गोल गरे । निकै प्रयास गर्दा पनि कालिपुलले खोल फर्काउन सकेन ।
विहिबार नै भएको दोस्रो खेल विर गोर्खालीले ३–२ गोलको जित निकालेको छ । खेलको २४ मिनेटमा विवस छन्त्यालले चिल्ड्रेन लाईफलाई पहिलो गोल दिलाए भने खेलको ४२ मिनेटमा नाइजेरियन खेलाडि जोन ग्लोरीले पुन अर्को गोल दिलाए । पहिलो हाफ सम्म कुनै गोल गर्न नसकेको विर गोर्खालीले खेलको ७२ औं मिनेटमा पहिलो गोल फर्कायो । विरगोर्खालीका मिलन छन्त्यालले पहिलो गोल गरे भने त्यसको दुई मिनेट पश्चात खेलको ७४ औं मिनेटमा सुदिन थापाले पुन अर्को गोल थपे । दुई बराबरी भएको खेल निकै रोमाञ्चक बन्दै गर्दा पुन खेलको ७६ औं मिटेनमा मिलन छन्त्यालले नै एक गोल थपेर फाईनलमा प्रवेश गरे । फाईनल खेल श्रीमेयर गण र विर गोर्खाली विच हुनेछ । प्रतियोगितमा श्रीमेहर गणलाई जिताउन १ गोलको योगदान गरेका विषम राई र विर गोर्खालीलाई जिताउन २ गोलको योगदान गरेका मिलन छन्त्याल म्यान अफ दि म्याच घोषित भएका छन ।
विर गोर्खालीले तीन अफ्रिकी खेलाडि मैदानमा उतारेको थियो भने चिल्ड्रेन लाईफले दुई अफ्रिकी उतारेको थियो ।
तनावपूर्ण बनेको दोस्रो खेलमा खेलाडिबीच विवाद सिर्जना हुँदा रेफी कविरमान गुरुङले पहिलो कार्ड प्रयोग गर्नुप¥यो । वीर गोर्खालीका टिम म्यानेजर प्रदिप श्रीस, खेलाडि मिलन साङत्यान, सशिल थापा, एलक्स र बीरमास, चिल्ड्रेन गोलरक्षक सौगात मल्ल, नेक्शम थापा र होवीनले पहेलो कार्ड पाए ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाईनलबाट बाहिरिएका समुहले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका मुल संयोजक सौरभ खत्रीले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडि, गोलरक्षक लगायत पाँच अलग–अलग विधामा खेलाडिलाई सम्मान तथा पुरस्कार वितरण गरिने आयोजनले जनाएको छ । प्रतियोगिताको फाईनल खेल शुक्रबार हुनेछ ।