पत्रकार सिंहलाई ज्यान मार्ने धम्की प्रति महासंघको ध्यानाकर्षण

  • असोज ६, २०७९

बागलुङ- बागलुङमा क्रियाशिल पत्रकार नेपाल पत्रकार महासंघका सदस्य तथा इलाका खबरका सम्पादक सुर्य बहादुर विश्वकर्मा (सज्जनकुमार सिंह ) माथी ज्यानमार्ने धम्की आएको प्रति पत्रकार महासंघ बागलुङ शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार पत्रकार महासंघ बागलुङका सचिव विजयले एक प्रेस विज्ञप्ती जारी गर्दै बागलुङ नगरपालिका–८ सिगानाका पत्रकार बिक र उनको परिवारलाई अमुक निकायबाट आएको ज्यानमार्ने धम्कीको ध्यानाकर्षण भएको जनाए ।

गणेश ग्यामिङ (Ganesh Gaming) नामक फेसबुक आईडि मार्फत पत्रकार बिक सहित परिवारलाई मार्ने धम्की आएको हो । निर्वाद रुपमा पत्रकारिता गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि धम्की आएको भन्दै पत्रकार महासंघ बागलुङ शाखाले बिकको सुरक्षाको समेत माग गरेको छ ।

ज्यानमार्ने धम्की पश्चात प्रहरी र प्रशासनमा पटकपटक छलफल गर्दा समेत दोषी पत्ता नलाग्नु भनेको फितलो सुरक्षा व्यवस्था भएको निश्कर्ष निकाल्दै बिकको जिउधनको सुरक्षाको समेत पत्रकार महासंघले माग गरेको छ ।

No photo description available.

प्रतिक्रिया